काठमाडौं महानगरपालिकाको सूचना : कुहिने र नकुहिने फोहोर नछुट्याए पटकैपिच्छे ५०० जरिवाना

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन सार्वजनिक सूचना जारी गरेको छ । महानगरपालिकाले

साउन १ गतेदेखि स्रोतमा नै फोहोरको पृथकीकरण (कुहिने र नकुहिने फोहोर छुट्याउने) गर्न महानगरवासीलाई अनुरोध गरेको हो ।

महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार यो सूचना जारी गरेको हो ।

उक्त व्यवस्था अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादन कर्ताको नै भएको भन्दै महानगरपालिकाले पृथकीकरण गरी जैविक (कुहिने) फोहोर सङ्कलन गर्न

आउने दिन जैविक (कुहिने) फोहोर मात्रै सङ्कलन गर्ने र अजैविक (नकुहिने) फोहोर सङ्कलन गर्न आउने दिन अजैविक (नकुहिने) फोहोर मात्रै सङ्कलन गर्ने जानकारी गराएको छ ।

स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने भन्दै महानगरपालिकाले नियमअनुसार नगरे प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना हुने स्पष्ट गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय