मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। बिराटनगर महानगरपालिका– १२ बखरीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भएकी थिइन्।

घाईते भएकी माझीलाई तत्काल उपचारको लागि कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको छ

विदेश नीतिमा गम्भीर विचलन

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का नाममा शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकासँग गुपचुप गर्न लागेको १० बुँदे सैन्य सम्झौता व्यापक विरोधका कारण अन्ततः रोकिएको छ । नन-पेपरका रूपमा

भित्रभित्रै गृहकार्य भइरहेको सम्झौताको मस्यौदा सार्वजनिक भएसँगै चुलिएको चरम विरोधलाई थेग्न नसकेर मन्त्रिपरिषद्बाट एसपीपी अघि नबढाउने निर्णय गरेर गठबन्धन सरकारले आफ्नो लाज छोप्ने कोसिस गरेको छ ।

सन् २०१५ मा कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएको बेला सुरु भएर सन् २०१९ मा नेकपा (एमाले) का अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला परराष्ट्र सचिवको नेतृत्वमा कार्यदल बनाएर

विस्तृत अध्ययन गरेर स्थगन भइसकेको प्रस्तावलाई अमेरिकी सेनाका इन्डो प्यासिफिक कमान्डर जनरल चाल्र्स फि्लनको नेपाल भ्रमणसँगै ब्युँताएर सम्झौता गर्ने प्रयास असफल भए पनि यसबाट नेपालको विदेश नीतिमा आएको गम्भीर विचलनको एउटा सपाट ऐना चाहिं सार्वजनिक भएको छ ।

सुरुदेखि नै नेपालमा अमेरिकी हित-चिन्तकका रूपमा चिनिने भएकाले होला, प्रधानमन्त्री देउवालाई उक्साएर नेपाललाई दीर्घकालीन भूराजनीतिक द्वन्द्वमा लैजाने प्रयास यसपटकलाई असफल भएको छ । लाज छोप्नका लागि हामीले कुनै दस्तावेज दिएका छैनौं र पाएका छैनौं भनेर जति पानीमाथिको ओभानो

बन्न खोजे पनि त्यसले झन् बढी नंग्याउने काम मात्र गरेको छ । त्यति कडा, अमेरिकी हित-रक्षामा समर्पित, सिलसिलेवार र दफावार दस्तावेज अमेरिकाका लागि अरू कसैले बनाएर बाँडिदिन्छ भन्ने हावादारी कुरा कसैले पत्याउँदैन ।

सैनिक नेतृत्वलाई बारम्बार दबाव दिने, अझ व्यक्तिगत प्रभावमा पार्नेर्, अनौपचारिक ढंगले सैनिक सहचारीमार्फत पत्रको मस्यौदा पनि दिने र पत्र लेख्न लगाउने अनि विवाद आएपछि तिमीहरूले दिएको

निवेदन अनुसार त गरेको हो नि भनेर सम्बन्ध बलियो हुन्छ भनेर बुझ्ने हो भने त बेग्लै कुरा, नत्र यो प्रकरण स्वयम् अमेरिकालाई पनि घाटा गरेर विदा भएको छ ।

कम्फर्टेवल मानसिकता

वर्तमान गठबन्धन सरकारको जग नै अपारदर्शी र जस्केलाबाट निर्माण भएका कारणले होला, सत्तामा आएबाट विदेश नीतिमा गम्भीर विचलनहरू एकपछि अर्को गर्दै प्रकट भइरहेका छन् । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला त्यसलाई प्रभावित पार्नका लागि पाँचजना भूतपूर्व प्रधानमन्त्रीले विदेशी हस्तक्षेपको ठूलो खतरा औंल्याएर वक्तव्य जारी गर्नुभएको थियो । उहाँहरूमध्येका एकले अहिले सत्ताको नेतृत्व गरिरहनुभएको छ भने बाँकी चारले उहाँकै वरिपरि चमर हल्लाइरहनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय