ओली र प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीको छलफल, कम्युनिस्ट शक्तिहरुबीच एकताको प्रयास

काठमाडौं । नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताका लागि छिमेकी देशहरुको सक्रियता सुरु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला वामपन्थी दलका शीर्ष नेतासँग वार्ता गरेका छन्।

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिडिओ कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीको विदेश विभागले आफ्नो वेबसाइटमार्फत जनाएको छ।
प्रचण्डसँग बिहीबार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भिडिओ कुराकानी भएको विभागले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको हो ।

चिनियाँ नेता लिउले चिनियाँ कम्युनिष्ट पार्टी, माओवादी केन्द्र र एमालेका विचार र भावना समान रहेको बताएका बताउँदै दुवै पार्टीसँगको आदानप्रदानलाई थप सुदृढ गर्न तथा जनस्तरको सम्पर्क बढाउन चाहेको बताएको सिपिसीले उल्लेख गरेको छ।

निकट भविष्यमा हुन लागेको चिनियाँ कम्युनिस्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनले चीनको विकासको खाका तयार गर्नुका साथै नेपाल–चीन सम्बन्धको विकासमा नयाँ गति दिने लिउले बताएका थिए।

भिडिओ वार्तामा प्रचण्ड र ओलीले नेपाल र चीनबीचको मित्रता चिरस्थायी रहेको बताएको सिपिसीले जनाएको छ। त्यक्रममा दुवै नेताले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिने बताउँदै कुनै पनि शक्तिलाई चीन विरोधी गतिविधिमा संलग्न हुन नेपाली भूमि प्रयोग गर्न कहिल्यै अनुमति नदिने प्रतिवद्धता जनाएका थिए।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय