अवैध लागूऔध र नक्कली नोटसहित दाजुभाई प्रक्राउ – News Nepal Media
Trend

झापामा अवैध लागूऔध र नक्कली नोट सहित दुई दाजुभाईलाई प्रहरीले पक्राउ गरेको छ।

झापाको बिर्तामोड नगरपालिका-४ मेघाबारी बस्ने २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीयालाई अवैध लागूऔषध र नक्कली नोटसहित बुधबर दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यस्तै विर्ताबजारबाट खटिएको प्रहरीले सुवास ताजपुरीयाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाईट्रजेपाम २८ ट्याव्लेट, नेपाली एक हजार दरको नक्कली नोट ८८ थान, नेपाली पाँच सय दरको नक्कली नोट २ थान फेला परेको छ।

यस्तैगरि नक्कली अष्ट्रेलियन नोट एक सयको ३ थान, मोवाइल ४ थान तथा अन्य देशहरुको नोट ११ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट मे.५ प ९७९७ नम्बरको मोटरसाइकल र ३ हजार रूपैयाँ समेत बरामद गरेको छ ।

उनीहरु दुवै जनालाई थुनुवामा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP