शुक्रबार , जेठ १०, २०८२
डोटीमा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, २९ घाइते – News Nepal Media
Trend

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोेटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार यहाँको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ००१–००२ त ४७९५ नंको ट्र्याक्टर दुर्घटना हुँदा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय विक्रम नेपालीको मृत्यु भएको हो ।

पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ताले निकालेको ¥यालीमा सहभागी भएको उक्त ट्र्याक्टर दुर्घटना भएको हो । ¥यालीमा सहभागी भएका कम्तीमा पनि २९ जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरु घाइते भएको बताइएको छ ।

घाइतेहरुलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये १४ वर्षीया मनिषा जोशीलाई थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको र अर्का १० वर्षीय अनिल खड्कालाई पनि थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । ––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP