राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना – News Nepal Media
Trend

सप्तरीस्थित राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । राजविराज–रूपनी सडकखण्डअन्तर्गत राजविराज नगरपालिका–९ मा स्थापित सो कार्यालयको मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मङ्गलबार संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा ट्रक व्यवसायी एशोसिएशन सप्तरीका अध्यक्ष जगदीश अर्यालले राजविराज–९ मलेठस्थित एशोसिएशनको नाममा रहेको दुई कठ्ठा जग्गा यातायात व्यवस्था कार्यालयलाई प्रदान गर्ने जानकारी दिनुभएको थियो ।

प्रदेश सरकारले गत फागुन २४ गते यातायात व्यवस्था सेवा कार्यालय राजविराजमा स्थापना गर्ने निर्णय गरेको थियो । सेवा कार्यालयका प्रमुख शशि यादवले यातायातसम्बन्धी कामका लागि सप्तरीका सेवाग्राहीलाई सिरहाको लहान जानुपर्ने अवस्था अन्त्य भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हाललाई कार्यालयबाट सवारीधनी प्रमाण र सवारीचालक प्रमाणपत्रको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास रुट अनुमति, पटके सेवा अस्थायी रुट अनुमति र यातायात सेवा पञ्जीकृतजस्ता सेवा प्रवाह गरिनेछ ।
हाल मधेस प्रदेशमा पर्साको वीरगञ्ज, सिरहाको लहान, धनुषाको जनकपुरधाममा यातायात व्यवस्था कार्यालय रहेको छ भने रौतहट, बर्दिबासमा सो सेवा कार्यालय स्थापना गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै


TOP