बिहिबार , जेठ ३१, २०८१
दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ४ जना ब्यक्तिहरु पक्राउ । – News Nepal Media
Trend

काठमाडौं, काठमाडौं महानगरपालिका-३ र बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटारको सिमानामा रहेको पूर्व पश्चिम गेष्ट हाउसबाट चितुवाको जस्तो देखिने २ थान छाला, चितुवाको टाउको जस्तो देखिने १ थान खप्पर र ४ थान मोबाइल सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुल्मी चन्द्रकोट गाउँपालिका-७ झापा बस्ने ३५ वर्षीय बिष्णु सुनार, भक्तपुर चागुनारायण नगरपालिका-५ बस्ने ओखलढुङ्गा खिजिघोम्बा गाउँपालिका-९ घर भएका २९ वर्षीय फुरी शेर्पा, भक्तपुर चागुनारायण नगरपालिका-५ बस्ने धादिङ गजुरी गाउँपालिका-५ घर भएका २४ वर्षीय बिनोद श्रेष्ठ र ललितपुर पाटन बस्ने सिन्धुली कमलामाई नगरपालिका-४ हिरापानी घर भएका ३० वर्षीय बिकास पुर्कुटी रहेका छन् ।

उक्त गेष्ट हाउसमा दुर्लभ बन्यजन्तुको छाला ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र बोराले बेरी राखेको अवस्थामा उक्त छाला र खप्पर फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि आइतबार डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP