आइतबार , जेठ १२, २०८२
आजदेखी नवलपुरमा महोत्सब सुरु , प्रदेश पर्यटन मन्त्रीले कार्यक्रमको उद्घाटन गर्ने – News Nepal Media
Trend

नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा आजदेखि नवलपुर महोत्सव हुने भएको छ । आज मंंसिर १ गतेदेखि मंसिर ११ गतेसम्म हुने प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री दिपेन्द्र थापा मगरले उद्घाटन गर्ने भएका छन् ।

महोत्सवको शुरु हुनु पूर्व कावासोतीको फलफूल चोकबाट सभापति चोकसम्म र्याली गरी पुन फलफूल चोक हुँदै महोत्सव स्थल कावासोती ८ को खेल मैदानसम्म पुग्ने छ । र्यालीमा नवलपुरमा रहेका १० वटा जातिय संगठनको झाँकीका साथै नवलपुरमा रहेका विभिन्न संघ संस्था, आमा समूह, क्लब, विद्यालय, क्याम्पस लगायतको समेत सहभागिता रहने छ ।

मगर इतिहास, भाषा, लिपि, संस्कृति, संरक्षण–संवर्द्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मूल नाराका साथ यहाँ महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवको बारेमा जानकारी दिन बिहिबार साँझ कावासोतीमा पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै मगर संघ नवलपुरकासचिब नम्सु सुनारी मगरले महोत्सवको तयारी पुरा भएको बताए ।
महोत्सवमा मगर, थारु, गुरुङ, तामाङ, नेवार लगायतका नवलपुरमा रहेका १० जातीय संगठनका कला संस्कृति झल्कने स्टल तथा सास्कृतिक घरहरु राखिने भएको छ । त्यसैगरी बाल उद्यन, कृषि, पर्यटन सम्बन्धी स्टल र व्यापारिक स्टलहरु पनि रहने छन् ।

नेपाल मगर संंघले नवलपुरमा पहिलो पटक महोत्स गर्न लागेको हो । महोत्सवमा मगर समुदायको सांस्कृतिक नाँच कौराहा नाचको राष्ट्रिय स्तरको प्रतियोगिता गरिने छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले ४० हजार नगद पुरस्कार पाउने मगर संघ नवलपुरका अध्यक्ष भुम राई मगरले बताए । महोत्सवमा प्रत्येक दिन १÷१ वटा कौराहा नाच प्रतियोगिता हुने छ ।

महोत्सवमा प्रकाश सपुत, सिम्रन परियार, ज्योति मगर, प्रिति आले मगर लगायतका राष्ट्रिय कलाकारहरुका साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक देव गाहा मगरले बताए । महोत्सवमा नवलपुर डान्स आइडियल पनि हुने बताइएको छ । त्यसका लागि मंसिर १ र २ गते अडिसन हुने छ ।

महोत्सव स्थलमा १५० स्टल रहने छन् । महोेत्सवलाई विशेष झल्को दिनका लागि मगरहरूको पहिचान झल्कने प्रवेश गेट, मगरहरूले परापुर्व कालमा प्रयोग गर्ने घरको नमुना, भाडाकुडाको प्रदर्शन कक्ष रहेको छ ।

महोत्सवमा विद्यार्थीहरुलाई टिकक शुल्क ६० रुपैयाँ राखिएको छ भने अन्यलाई १ सय रुपैयाँ र जेष्ठ नागरिकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP