नागरिक आरोग्य केन्द्र सञ्चालनमा – News Nepal Media
Trend

नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न बैतडीको सुर्नया गाउँपालिका–६ कोखेतमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा ल्याइएको
छ ।

आयुर्वेद पद्धतिमार्फत उपचार सेवा दिने उद्देश्यले सञ्चालन भएको उक्त आरोग्य केन्द्रबाट सर्ने र नसर्ने रोगको रोकथाम तथा निदानलगायत बारेमा सेवा सञ्चालन हुँदै आएका छन् । पञ्चकर्म विधिबाट उपचार पनि हुने र बाथलगायत रोगमा आयुर्वेद उपचार पद्धति राम्रो हुने आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले बताउनुभयो ।

यस्तै पायल्स, दमलगायत रोग पनि आयुर्वेद पद्धतिबाट निदान गर्न सकिने बताइएको छ । केन्द्रबाट नागरिकलाई औषधि वितरण हुने र योगका बारेमा जानकारी प्रदान गरिनेछ । सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले आयुर्वेद उपचार पद्धतिमा नागरिकको पहुँच बढाउन आरोग्य केन्द्र सञ्चालन गरिएको बताउनुभयो । योससँगै तीन ठाउँमा नागरिक आरोग्य केन्द्र स्थापना भएका छन् । यसअघि पुर्चौंडी नगरपालिका र शिवनाथ गाउँपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP