बिहिबार , असार २६, २०८२
सिकलसेल रोकथाम गर्न विवाह कुण्डली मिलाउन सुझाव – News Nepal Media
Trend

थारू समुदायमा देखिने सिकलसेल रोग रोकथामका लागि रगतजाँच गरेर विवाह कुण्डली मिलाउन चिकित्सकले सुझाव दिएका छन् । सिकलसेलबाट आफ्ना सन्तानलाई बचाउनका लागि अनिवार्यरूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको पम्प्लेट बाँकेका थारू गाउँहरूमा छ्याप्छ्याप्ती बाँडिएका छन् ।

सिकलसेल विशेषज्ञ डा राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने विषयलाई प्राथमिकता दिइएको

छ । उहाँले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीबीच विवाह गर्नै नमिल्ने उल्लेख गरिएको छ । पचास प्रतिशत बिरामी र ५० प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । पच्चीस प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोचविचार गर्नुपर्ने भनिएको छ ।

बाहक–बाहक, ५० प्रतिशत सामान्य र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरिएको छ । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ । अहिलेको पुस्तामा रोग देखिएको छैन । उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ ।

सामान्यता विवाह गर्दा चिना हेर्ने गरिन्छ । तर थारू समुदायमा भने रगतजाँच गर्नुपर्ने अवस्था आएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै कुण्डली मिलाउनुपर्ने भएको छ । बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बिरामी र बाहक पत्ता लगाएर उनीहरूलाई विवाह कुण्डलीका बारेमा जानकारी दिने काम भइरहेको जानकारी दिनुभयो । थारू समुदायमा स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलका ९०० बिरामीले भेरी अस्पतालबाट औषधि सेवन गरिरहेको डा पाण्डेले जानकारी दिनुभयो ।

पश्चिम नेपालका विभिन्न जिल्लामा तीन हजार ८०३ जनाले नियमित औषधि सेवन गरिरहेको उहाँले बताउनुभयो । डा पाण्डेले सिकलसेलको रोकथाम भनेकै पूर्वतयारी भएकाले रगतजाँच गरेर कुण्डली मिलाइ विवाह गर्दा नियन्त्रण गर्न सकिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP