बिहिबार , असार २६, २०८२
रामपुरमा राष्ट्रिय भूमि आयोगको केन्द्र स्थापना – News Nepal Media
Trend

पाल्पाको रामपुरमा राष्ट्रिय भूमि आयोगको केन्द्र स्थापना गरिएको छ । लालपुर्जा वितरण तथा भूमिहीनहरुको लगत अध्यावधिकका लागि कार्यालय स्थापना गरिएको हो ।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले केन्द्रको स्थापना गर्नुहुँदै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने गरी केन्द्र स्थापना गरिएको बताउनुभयो ।

लालपुर्जा वितरण गर्ने कार्यक्रम असारभित्रैबाट सुरु गरिने उहाँले बताउनुभयो । यसअघिका आयोगका निर्णय र स्थानीय सरकारको निर्णयानुसार नै आयोग अघि बढ्ने बताउनुहँुदै पुर्जा वितरण कार्य रामपुरबाट थालनी गर्ने अध्यक्ष निरौला बताउनुहुन्छ ।

यसअघि चार पटकसम्म भूमिहीन लगत माग भएर छानबिन सकिसकेका ७८३ भूमिहीनलाई पहिलो चरणमा लालपुर्जा दिइनेछ । तत्कालीन गाविस, स्कुल, क्याम्पसले बिक्री गरेका रसिदको भरमा भोगचलन गर्दै वर्षौंदेखि अव्यवस्थित रुपमा रहेका घरजग्गाको लालपुर्जा वितरणका सम्बन्धमा निर्वाचनका बेला चुनावी एजेन्डा बनेका छन् ।

लगत सङ्कलन र जग्गाधनी पुर्जाविहीन नागरिकको अवस्था मूल्याङ्कन भइसकेकाले आयोगको टोलीले प्रक्रिया अपनाउँदै लालपुर्जा वितरण गर्ने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

राष्ट्रिय भूमि आयोग आयोगका जिल्ला अध्यक्ष मोहनलाल गैरेले पहिलेको आयोग र समितिले गरेर अन्तिम चरणमा पु¥याएको फाइलको समितिको टोलीले अध्ययन गरिरहेको बताउनुभयो । टोलीले लालपुर्जा वितरणका लागि खोलिएको सेवा केन्द्रको कार्यालयमा रही भूमिहीनहरुको लगत अद्यावधिक गर्ने उहाँ बताउनुहुन्छ । रामपुर नगरपालिका–५ को वडा कार्यालयको तल्लो तलामा केन्द्र स्थापना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP