तीनजुरे मिल्के जलजले पर्यटकले भरिभराउ – News Nepal Media
Trend

तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका होटल भरिभराउ आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।सो क्षेत्रलाई पर्यटन मन्त्रालयले पर्यटकीय नयाँ गन्तव्यको सूचीमा समावेश गरेको छ । आसन्न निर्वाचनमा तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङबाट उठेका उम्मेदवारलेसमेत टिएमजे क्षेत्रको विकासको एजेन्डा समेत बनाएका छन् चाडपर्व सकिएसँगैै यस क्षेत्रमा पर्यटक बढ्न थालेका हुन् ।

वसन्तपुरदेखि सुरु हुँदै आरआर गार्डेन, तिनजुरे, चौकी बजार, मङ्गलबारे, गुफा पोखरी हुँदै तिनजुरे–मिल्के–जलजले क्षेत्रमा यो बेला घुइँचो नै लाग्ने गरेको छ । उक्त क्षेत्रमा गुराँस फुल्ने सिजन र हिउँ परेका बेला मात्र आउने पर्यटनक यतिबेला कात्तिकको सातादेखि नै दैनिक तीन हजारभन्दा बढी पर्यटक आइरहेको स्थानीय योगेन्द्रबहादुर सुवेदीले बताउनुभयो । पाथीभरा मन्दिरको दर्शन गर्ने र वनभोजमा बढी आउने गरेको उहाँको भनाइ छ ।

पर्यटकको बाक्लो आगमनले होटल व्यवसायी उत्साहित बनेका छन् । नेपाल पर्यटन बोर्डले पर्यटकीय पूर्वाधार निर्माण तीव्रता दिएसँगै आगन्तुक बढिरहेको जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “वसन्तपुरदेखि गुफासम्मका होटेल खाली छैनन् । पर्यटनको भविष्य देखेर वसन्तपुरदेखि गुफासम्मको आसपासका क्षेत्रमा जिल्ला बाहिरका नागरिकलेसमेत होटल, लज तथा रिसोर्ट सञ्चालनका लागि महँगो मूल्यमा जग्गा किनिरहेका छन् ।”पदयात्राको आनन्द र हिमशृङ्खलाको दृश्यावलोकन गर्न यस क्षेत्रमा पर्यटक आउने ग्याल्जे शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP