पश्चिम नवलपरासीमा महिलामैत्री मतदानस्थल – News Nepal Media
Trend

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एउटा मतदानस्थल नै महिलामैत्री बनाइएकोे छ । पश्चिम नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पर्ने रामग्राम नगरपालिका–१ को सयपत्री बोर्डिङ स्कुलको मतदानस्थल महिलामैत्री बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीका अनुसार सयपत्री स्कुलको मतदानस्थलमा दुईवटा मतदान केन्द्र छन् । “हामीले सयपत्री स्कुलको मतदानस्थल महिलामैत्री निर्माण गरेका हौँ”, उहाँले भन्नुभयो, “दुईवटा केन्द्र रहेको यसस्थलमा मतदान अधिकृतदेखि कर्मचारी र सुरक्षाकर्मी सबै महिलालाई मात्रै खटाएका छौँ ।” उक्त बोर्डिङ स्कुलको ‘क’ मतदान केन्द्रमा सात सय ५६ मतदाता रहेको र यहाँ मतदान अधिकृतको रुपमा कुमारी केसीलाई खटाइएको निर्वाचन अधिकारी खत्रीले बताउनुभयो ।

सोही मतदानस्थलको ‘ख’ मतदान केन्द्रमा सात सय ८७ मतदाता छन् । यस मतदान केन्द्रमा पनि मतदान अधिकृतको रुपमा मनिषा पौडेललाई जिम्मेवारी तोकिएको छ । दुवै मतदान केन्द्रमा आठ÷आठ गरी १६ महिला कर्मचारी खटाइएको उहाँको भनाइ थियो।

उक्त बोर्डिङ स्कुलको मतदानस्थलको सुरक्षाको जिम्मा पनि महिला प्रहरीलाई नै प्रदान गरिएको छ । नवलपरासी पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार त्यस मतदानस्थलमा प्रहरी सहायक निरीक्षक यशोदा विकको नेतृत्वमा सबै सुरक्षाकर्मी महिला नै परिचालन गरिएको हो । “उक्त स्कुलको मतदानस्थललाई महिलामैत्री बनाउने विषयमा छलफल भएपछि हामीले पनि सुरक्षाको जिम्मा महिलालाई नै दिने गरी काम ग¥र्यौँ”, उहाँले भन्नुभयो, “त्यहाँ प्रहरी सहायक निरीक्षक यशोदा विकको नेतृत्वमा नेपाल प्रहरी र म्यादी प्रहरीका सबै सुरक्षाकर्मी महिला नै परिचालन गरेका छौँ ।” उक्त मतदानस्थलको सुरक्षाका लागि १३ सुरक्षाकर्मी परिचालन गरिएकामा सबै महिला रहेका प्रहरी उपरीक्षक कँडेलले जानकारी दिनुभयो । नवलपरासी क्षेत्र नम्बर २ मा एक लाख २६ हजार छ सय ८० मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP