गोदावरीका शिवालयमा भक्तजनको भीड – News Nepal Media
Trend

गोदावरी नगरपालिकामा अवस्थित सन्तानेश्वर र सिद्धेश्वर शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार भएसँगै आज उक्त मन्दिरमा महादेवको दर्शन तथा पूजा र आराधनाका लागि दर्शनार्थीको चहलपहल बढेको हो । वडा नं १३ स्थित सन्तानेश्वर महादेव दर्शनका लागि बिहानैदेखि श्रद्धालुजनको आवतजावत रहेको सन्तानेश्वर मन्दिर संरक्षण तथा सम्बद्र्धन सेवा समितिका अध्यक्ष विनोद खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “ कोरोना महामारी घटेसँगै उपत्यकामा रहेका देशभरका मानिसको उल्लेखनीय उपस्थिति रहेको छ ।” मन्दिरमा पूजाका साथै बत्ती बाल्ने, बोलबम तथा भजनकीर्तन गर्ने र स्थानीय क्षेत्रमा उत्पादन भएका तरकारी तथा फलफूल बिक्री वितरण गर्ने मानिसको बाक्लै घुइँचो रहेको खड्काले जानकारी गराउनुभयो ।
यसैगरी वडा नं ३ स्थित प्रत्येक १२ वर्षमा कुम्भ अर्थात सिंहास्त मेला लाग्ने सिद्धेश्वर महादेव मन्दिरमा हिन्दू धर्मावलम्बी महिलाको चहलपहल बढिनैरहेको गोदावरी कुण्ड तथा सिद्धेश्वर महादेव मन्दिरका महन्त राधाकृष्ण पुरीले बताउनुभयो । मुलुकमा गतवर्ष कोरोना महामारी सङ्क्रमण बढिरहँदा भक्तजन ठप्प भएको मन्दिरमा यो वर्ष दर्शनार्थी भित्रिँदा निकै उत्साह छाइरहेको पुरीको भनाइ छ । उहाँले भन्नुभयो, “सन्तानेश्वर मन्दिरमा हरेक शनिबार, साउने सोमबार, जनैपूर्णिमाका साथै स्वस्थानी प्रारम्भदेखि अन्त्यसम्म र शिवरात्रीमासमेत ठूलो मेला लाग्ने गर्छ ।” सातदोबाटोबाट पाँच किलोमिटर दक्षिणपूर्वमा रहेको सो महादेव मन्दिरबाट उपत्यकाका तीनै सहरको दृश्यावलोकन गर्न सकिन्छ ।

सो मन्दिर हाताभित्र १५० रोपनी जमिन रहेकाले दैनिक खर्च व्यवस्थापनका लागि फलफूल तथा औषधिजन्य बिरुवाको उत्पादनमा जोड दिने उद्देश्य बमोजिम आउँदो सोमबार ५४ श्रीखण्डको बिरुवा रोप्ने कार्यक्रम तय गरिएको छ । उहाँले अघिल्ला वर्षमा बेल, रुद्राक्ष, पारिजात, अमला, लगायतका ३५ जातका फूल र फलफूलका बिरुवा रोपेर मन्दिरको वातावरण हराभर गरिएको बताउनुभयो । सो दुई मन्दिरका अलवा वडा नं ४ बडिखेलमा अवस्थित तपेश्वर महादेव मन्दिरमा पनि साउनको पहिलोे सोमबार बिहानैदेखि भक्तजन भित्रिरहेका देखिन्छन् । —

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै


TOP