छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित २ जना पक्राउ – News Nepal Media
Trend

चितवनको राप्ती नगरपालिका-२ राईटोलबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित एक जना पक्राउ परेका छन्।

सोही ठाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर प्रजालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै रुपन्देहीको देवदह नगरपालिका-८ बंगाली डेरा गरी बस्ने सोही नगरपालिका-७ घर भएका ४६ वर्षीय राज कुमार कुँवरलाई अवैध लागूऔषध गाँजा ४ केजी ५ सय ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनको डेरा कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

साथै देवदह नगरपालिका-७ हिलटोल बस्ने २४ वर्षीय विशाल दर्जीलाई अवैध लागूऔषध गाँजा ३ केजीसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP