दिदीलाई यौन दुर्व्यवहार गरेको आरोपमा नाबालिग भाइ पक्राउ – News Nepal Media
Trend

पोखरामा एक नाबालिग छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनकै भाई(बालक) लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने आरोपित बालक पिडित छात्राको आफन्त पर्छन।

जिल्ला प्रहरी कास्कीको अनुसार बालकलाई नियन्त्रणमा लिएर आजै बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ४ दिनकाे म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको छ।

१४ वर्ष रहेकी पिडित छात्राले आफ्नो टिकटक साझा गर्दै उक्त घटनाको विषयमा जानकारी गराएकी थिइन्। उनले पोखरामा रहेका मामाकाे छाेरा (भाइ) बाट दुर्व्यवहार भएको भन्दै भिडियो सार्वजनिक गरेकी थिईन्। छात्राले भिडियो सार्वजनिकपछि अहिले समाजिक सञ्जालमा भाइरल भएको छ। उनले उक्त भिडियो केही दिन अगाडी साझा गरेकी थीइन।

पिडित बालिकाले जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएपछि प्रहरीले उनको अभिभावकलाई सम्पर्क गरेको थियो।

सार्वजनिक भिडियो अनुसार पारिवारिक समस्याहरूका कारण आफु डिप्रेसन परेको समेत उनले बताइन। उनले यसअघि आफु डिप्रेसनमा परेको भन्दै डाक्टरलाई देखेकी थिईन्। उनि लेख्छिन, “पहिले मलाई पारिवारिक समस्याहरू धेरै थिए त्यसैले मलाई डिप्रेसन र चिन्ता थियो। त्यसैले मेरो डाक्टरले मलाई शान्त ठाउँमा बस्न सुझाव दिनुभयो । ”

“मैले उसलाई मेरो भाइ हो भनी सोचेर माफ गरें त्यसैले मैले उसलाई मौका दिनु पर्छ र उसलाई भनेको थिएँ र मलाई त्यो नामले नबोलाउन अनुरोध गरें तर भोलिपल्ट पनि घरमा कोही नभएको बेला ऊ आएर छेउमा बस्यो। उसले मेरो शरीर छुन थाल्यो र मैले त्यो सम्हाल्न सकिन र मेरो हातमा आत्मघाती सोच पनि आयो भनेर नाडी काट्न थालें तर डरले गर्दा मैले सकिन र आमाबुवालाई बताउन पनि सकिन। ”

यस्तै अहिले आरोपित नाबालिग भएको कारणले उनलाई कारबाही गर्ने विषयमाथि प्रहरी अस्पष्ट रहेको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP