
जोशीपुरमा नागरिक उन्मुक्ति विजयी टीकापुर, ५ जेठ (रासस) कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । अध्यक्षमा चित्रबहादुर चौधरी विजयी हुनुभएको हो ।
नागरिक उन्मुक्ति पार्टीका चौधरी ४ हजार ९०३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका वंशराम बडायकलाई पराजित गर्नुभएको हो ।
उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं ७ को वडाध्यक्षमा नेकपा (एमाले)का बमबहादुर शाह ६६४ मत प्राप्त गर्दै विजयी हुनुभयो । महिला सदस्यमा एमालेकै गौरादेवी जैसी, दलित महिला सदस्यमा नागरिक उन्मुक्तिका इसराकुमारी टमटा, खुला सदस्यमा नेपाली कांग्रेसका तेजप्रकाश हमाल र हिराप्रसाद चौधरी विजयी हुनुभएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023: मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: Jhapa Technical Pvt.Ltd