इञ्जिनीयर सम्मानित – News Nepal Media
Trend

साठीऔँ इञ्जिनीयर दिवसको अवसर पारेर आज नेपाल इञ्जिनीयर्स एशोसिएशनले वरिष्ठ इञ्जिनीयरलाई सम्मान गरेको छ ।

नेपाल इञ्जिनीयर्स एशोसिएशन मधेस प्रदेश समितिद्वारा जनकपुरधाममा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा वरिष्ठ इञ्जिनीयस चन्देश्वर रौनियार, प्रकाश चन्द्र साह, गिरिधारी साह, कृष्णचन्द्र साह, ननन्दकिशोर यादव, रामरतन यादवलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, नेपाल इञ्जिनियर्स एशोसिएशन मधेस प्रदेश समितिका अध्यक्ष इञ्जिनीयर गौरी पण्डितले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

यस्तै सवारी दुर्घटनामा परी निधन भएका इञ्जिनीयर सतिश गोइतको परिवारलाई सम्मान गर्दै आर्थिक सहयोगसमेत प्रदान गरिएको छ । नेपाल इञ्जिनीयर्स एशोसिएशन मधेस प्रदेशका निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यलाईसमेत सम्मान गरेको जनाइएको छ ।

नगर प्रमुख साहले विकास पूर्वाधार निर्माणमा इञ्जिनीयरको अग्रणी भूमिका रहेको बताउनुभयो । उहाँले विकास निर्माणको गुणस्तरीयता वृद्धिका लागि इञ्जिनीयर सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले इञ्जिनीयरबाट थोरै कमजोरी भए त्यसले ठूलो क्षति हुनसक्ने भएकाले यसतर्फ गम्भीर हुनुपर्ने बताउनुभयो ।

तीन दिनसम्म विविध कार्यक्रम गरी ६०औँ इञ्जिनीयर दिवस मनाइएको नेपाल इञ्जिनीयर्स एशोसिएशन मधेस प्रदेश समितिले जनाएको छ । मङ्गलबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रेस सेन्टर नेपाल, नवलपुरद्वारा २१औं स्थापना दिवसको अवसरमा खाद्यान्न सामग्री वितरण

प्रेस सेन्टर नवलपरासी अध्यक्षमा खनाल निर्वाचित

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

नवलपुर महोत्सवमा भोलि देखि रत्यौली प्रतियोगिता

नवलपुर महोत्सवमा संस्थागत रूपमा सहभागी नहुन जनजाति महासंघको निर्देशन

नवलपुरमा करेन्ट लागेर जाजरकोटका युवाको मृत्यु


TOP