📅 2082 साल माघ 20 , बुधबार
ब्रेकिङ
चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध
Top Ad

नवलपुरको सर्दीमा अस्थायी प्रहरी चौकीको स्थापना

🕒 April 9, 2021

निरु गौतम सुवेदी / कावासोती / नवलपुरको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएकाृ छ ।

। बिहिबार विनयी त्रिवेणी वडानं ४ को सर्दीमा आयोजित कार्यक्रममा अस्थायी प्रहरी चौकीको उदघाटन गरिएको हो । विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रजिअ पंगेनीले कार्यालयको बोर्ड अनावरण गरेर कार्यालयको उदघाटन गर्नु भएको हो ।

नयाँ स्थापना गरिएको अस्थायी प्रहरी चौकीमा तत्काल प्रहरी नायब निरीक्षकको नेतृत्वमा ९ जना प्रहरी रहने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख प्रकाश मल्ल, विभिन्न वडाका वडा अध्यक्षहरु,राजनैतिक दलका प्रतिनिधि लगाएत सर्वसाधारणको उपस्तिथि रहेको थियो ।