📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

एमाले अखिलमा श्रीमति अध्यक्ष, श्रीमान महासचिव

🕒 September 18, 2021 ✍ न्युज नेपाल संबाददाता

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार उनी अनेरास्ववियुको अध्यक्षमा चयन भएकी हुन् ।
केन्द्रीय सचिवालयको बैठकले उनलाई अध्यक्षमा चयन गरेको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुको उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अखिलको इतिहासमा पहिलो एकै घरबाट अध्यक्ष महासचिव बनेकाहुन । एमालेको बिद्यार्थी संगठन अखिलको अहिलेको नेतृत्व छनोटमा भने अनौठो संयोग बनेको छ। अध्यक्ष बनेकी सुनिता बराल र महासचिव बनेका समिक बडाल श्रीमान श्रीमती समेत हुन ।

पार्टीको निर्णयबमोजिम यसपटक अनेरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । ५ वर्षअघि सम्पन्न २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नविना लामा नेकपा एकतासँगै विदा भएर ऐन महर अध्यक्ष बनेका थिए ।

महर शनिबारबाट विद्यार्थी राजनीतिबाट अलग भएका छन् । उनीसँगै २२ औं सम्मेलनबाट निर्वाचित उपाध्यक्ष रश्मी आचार्य, महेश वर्तौला र सैलेश लामा पनि अनेरास्ववियूबाट विदा हुँदै छन् ।

अध्यक्षको लागि रश्मी आचार्य र बर्तौला पनि आकांक्षी थिए । पूर्वअध्यक्ष नविना लामा, रश्मी आचार्य आफूहरुलाई अन्याय भएको भन्दै अनेरास्ववियूको बैठकमा अनुपस्थित भएको बताइएको छ ।