📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
Top Ad

तालिबान आउने डरले अमेरिकामा बैठक स्थगित

🕒 September 23, 2021 ✍ न्युज नेपाल संबाददाता

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) को ७६औं महासभाका क्रममा गर्ने भनिएकाे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) काे परराष्ट्र मन्त्रीस्तरीय अनौपचारिक बैठक रद्द गरिएको छ।अफगानिस्तानबाट तालिबान प्रतिनिधि आउने सक्ने सन्त्रासले तय भइसकेको बैठक स्थगन गरिएको हो। अफगानिस्तान पनि सार्कको सदस्य मुलुक हो।

सार्क सचिवालयले भने सदस्य मुलुकबीच सहमति नजुटेकाले बैठक रद्द गरिएको दाबी गरेको छ। तर सहमति नहुनाको कारण खुलाइएको छैन।हाल सार्कको अध्यक्ष राष्ट्र नेपाल हो। नेपालले यही असोज ९ गते मन्त्रीस्तरीय बैठक राख्ने प्रस्ताव गर्दै अफगानिस्तानबाहेक सार्कका अन्य सदस्य राष्ट्रलाई निमन्त्रणा गरेको थियो।बुधबार मात्र तालिबानले राष्ट्र संघका लागि अफगानिस्तानका तर्फबाट नयाँ राजदूतका रूपमा सुहेल शाहिनलाई पठाएको छ भने महासभामा बोल्न पाउनुपर्ने भन्दै पत्राचार गरिसकेको छ।यसपछि अफगानिस्तानमा तालिबानकाे सरकार बनेकामा असन्तुष्ट भारतसहितका सार्क सदस्य राष्ट्रले बैठकमा न्युयोर्कस्थित तालिबान कूटनीतिक प्रतिनिधि निम्तो नभए पनि आए भने के गर्ने भनेर नेपालसँग सोधेका थिए।

यस विषयमा नेपालले आफ्नो भूभागमा भए रोक्न सकिन्थ्याे तर अमेरिकामा भन्न सकिन्न भन्ने जवाफ दिएकाे परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसपछि सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक रद्द गरिएको हो। बैठक न्युयोर्कको एक होटलमा गर्ने भनिएको थियो।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको बताएका छन् । दुई पक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न पाकिस्तानले नेपालसँग सधैं मिलेर काम गर्न चाहेको उनले बताएका छन् ।

बुधबार पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री खानले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए ।इस्लामावादस्थित नेपाली राजदूतावासका अनुसार भेटमा अन्य दुई पक्षीय विषयमा पनि कुराकानी भएको थियो । राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध जहिले पनि सौहाद्र्धपूर्ण रहेको उल्लेख गर्दै नेपालले दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको बताएका थिए ।