📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

केपी ओलीलाई एमाले नेताको प्रश्न: एमसीसी पास गर्ने कि फेल, के हो हाम्रो धारणा ?

🕒 October 3, 2021 ✍ न्युज नेपाल संबाददाता

काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनका प्रतिनिधिहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा प्रष्ट पार्न माग गरेका छन् ।
ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि भएको समूहगत छलफलमा नेताहरुले एमसीसीबारे धारणा मागेका हुन् । केन्द्रीय निकाय तथा विभागहरुको टोली नेता भानुभक्त ढकाल, बागमतीका आनन्द पोखरेल लगायतले एमसीसीबारे पार्टीको धारणा मागेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा एमसीसी पास गर्न जोड दिएका थिए ।

सरकारमा हुँदा पार्टीभित्र चर्को विवादका बीच उनले एमसीसी पास गर्न दबाव दिएका थिए ।तर प्रतिपक्षमा पुगेपछि एमसीसी के गर्ने हो भनेर सरकारलाई प्रश्न मात्र गर्दै आएका छन् । सरकार र सत्तारुढ दलले पार्टीको धारणा सार्वजनिक गरेपछि आवश्यक समयमा मात्र एमालेको धारणा सार्वजनिक गर्ने एमाले नेताहरुले बताउने गरेका छन् ।

त्यस्तै बिधान अधिबेशनमा सहभागीहरुले एमालेको विधान महाधिवेशनमा केही प्रतिनिधिहरूले माधव नेपालको खोजी गरे । ‘माधव नेपाल विनाको एमाले कस्तो कस्तो लाग्ने रहेछ’ एक महाधिवेशन प्रतिनिधिले भने । सँगै दुखेसो पनि गरे, ‘म माधव कमरेडलाई राम्रो मान्छु । तर, परिस्थितिले मैले उहाँलाई साथ दिन सकिनँ ।’

एमाले उपमहासचिव भुसालले परिचय नलुकाई भने, ‘हाम्रो आन्दोलनमा त्यति लामो समय लागिराख्नुभएका साथीहरूको अभावै खट्किन्न भन्नु त्यो उद्दण्डता हुन्छ । उहाँहरूको अभाव खट्किन्छ ।’ तर, भावनाले राजनीति नहुने भएकाले एमाले पार्टी बनाउन लागिपरेकाहरूको अलग-अलग पार्टी बन्न पुगेको उनको विश्लेषण छ ।

नेकपा एमाले वागमती प्रदेश सम्पर्क कमिटीका सचिव शिशिर अर्याल पनि माधव नेपाललाई राम्रो नेता मान्छन् । तर, एमाले नै विभाजन गरेर अर्को पार्टी गठन गर्ने निर्णयमा भने उनले साथ दिन सकेनन् ।

‘केही गल्ती अध्यक्ष केपी ओलीबाट भएकै हो । अध्यक्ष ओलीले नभने पनि उहाँको मनमा गल्ती गरेको महसूस भएकै होला, कालान्तरमा त्यो व्यक्त हुन्छ’ अर्याल भन्छन्, ‘तर, नेताको गल्तीमा पार्टी फुटाउने कुरा चाहिं उचित लागेन र यहाँ छु ।’

माधव नेपाल फेरि एमालेमै आउने र माधव नेपाल सहितको एमालेको ठूलो भेलाको कल्पना गर्ने प्रतिनिधिहरू पनि छन् । ‘माधव नेपाल एमालेमै फर्किनुहुन्छ भन्ने विश्वास छ । र हामी यसैगरी भेला हुन सक्छौं’ कञ्चनपुर बेलगाडीकी उपाध्यक्ष समेत रहेकी नेतृ कमला देवी कार्कीले भनिन् ।

माधव नेपाललाई मात्रै होइन, नेपाली कम्युनिष्ट आन्दोलनका नेताहरूलाई पनि प्रतिनिधिहरू सम्झिरहेका छन् । ‘म यहाँ मदन भण्डारी, पुष्पलाल र मनमोहनको फोटो खोजिरहेको छु’ एमाले नेता झपट रावलले भने ।

‘अध्यक्ष केपी ओलीको ठूला ठूला डमी मात्रै देख्नुभयो कि के हो ?’ भन्ने अनलाइनखबरको जिज्ञासामा रावलले थपे, ‘अध्यक्षको किन राखियो भन्ने प्रश्न होइन, अरूको किन देखिएन ? भन्ने प्रश्न हो । सबैको राख्नुपर्दथ्यो भन्ने मेरो कुरा हो ।’