📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

नेकपा एसको घोषणापत्र-निःशुल्क पानी,सफा सहर,सुखी जिन्दगानी

🕒 April 19, 2022

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित समारोहमा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्दै पार्टीका उम्मेदवारले नेतृत्व गरेका स्थानमा स्थानीय सरकारमार्फत प्रत्येक घरपरिवारलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने र यसका लागि सङ्घीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने घोषणा गर्नुभयो ।

विद्युत् सेवा नपुगेका हरेक घरमा आधारभूत विद्युत् सेवा पु¥याइने भन्दै उहाँले स्थानीय सरकारको बजेटमा पहिलो प्राथमिकतामा स्वास्थ्य, शिक्षाका साथै खानेपानी निःशुल्क गर्ने योजना रहेको बताउनुभयो । घोषणापत्रमा नेपाल नेतृत्वको सरकारले गरेका काम, विसं २०५१ मा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैँ बनाऔँलगायतका कार्यक्रम समावेश गरिएको छ । स्थानीय सरकारका काममध्ये निःशुल्करूपमा आमजनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने उल्लेख छ ।

उक्त पत्रमा भनिएको छ, “हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्करूपमा उपलब्ध गराइने छ । खानेपानी नपुगेका स्थानमा पिउने पानी अनिवार्यरूपमा पु¥याइने छ ।”

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनका कारणलाई प्रष्ट पारिएको घोषणापत्रमा देशको आन्तरिक उत्पादनबिना आत्मनिर्भर तथा दिगो अर्थतन्त्रको विकास सम्भव छैन । कृषि उत्पादनपछि स्थानीय साधन–स्रोत प्रयोग गरेर सुरु गर्न सकिने औद्योगीकरण भनेको घरेलु तथा ग्रामीण उद्योग नै भएको उल्लेख छ । पालिकाले आफ्नो भूगोलभित्र के कस्ता घरेलु तथा ग्रामीण उद्योग खोल्नका लागि स्थानीय उद्यमीलाई प्रेरित गर्नु उपयुक्त हुनेछ भन्ने विषयमा गहन अध्ययन गर्ने, उत्पादित वस्तुको बिक्री हुने व्यवस्थाबारे लेखिएको छ ।