📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
Top Ad

१० खेलाडीले बन्द प्रशिक्षण छाडेर गएपछि १४ जना थपेर फुटबल प्रशिक्षण जारी

🕒 April 29, 2022

१६ वैशाख, काठमाडौं । १० खेलाडीले बन्द प्रशिक्षण छाडेर गएपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियन कप छनोटको तयारीमा रहेको नेपाली टिममा १४ जना नयाँ खेलाडी थपेर प्रशिक्षण सुरु गरेका छन् ।प्रशिक्षक अल्मुताइरीकै कारण आफूहरुले बन्द प्रशिक्षण छाड्न बाध्य भएको भन्दै १० खेलाडीले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेन गरेर आफ्नो धारणा राखेका थिए । त्यही समयमा प्रशिक्षक अल्मुताइरीले भने नयाँ खेलाडी थप गरेर बन्द प्रशिक्षण जारी राखेका छन् ।अल्मुताइरीले १४ नयाँ खेलाडी थप गरेका प्रशिक्षणलाई जारी राखेका छन् । उता १० खेलाडीले भने प्रशिक्षकले नै आफूहरुलाई छाड्ने बाध्य पारेको भन्दै अब फेरि उनै प्रशिक्षकमातहत खेल्न गाह्रो हुने अभिव्यक्ति दिइसकेका छन् ।अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीहरुले बन्द प्रशिक्षण छाडेको र नयाँ खेलाडीहरु समावेश भएको बारे अहिलेसम्म आधिकारिक केही सार्वजनिक गरिसकेको छैन ।

बाँकी २३ खेलाडी प्रशिक्षणमा थिए । त्यसमा १० जनाले छाडेपछि पुराना १३ खेलाडी बाँकी रहे । प्रशिक्षकले १४ नयाँ खेलाडी थप गरेपछि अहिले प्रशिक्षणमा २७ खेलाडी छन् । त्यसमध्ये कति खेलाडी बिहीबार प्रशिक्षणमा उपस्थित थिए भन्ने एकिन छैन । एन्फाले पनि खेलाडीको नाम सार्वजनिक गरेको छैन ।