📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

भरतपुरमा गठबन्धनको अग्रता कायमै

🕒 May 17, 2022

भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका साथ अग्रता लिनुभएको हो ।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले छ हजार ११५ मतका साथ उहाँलाई पच्छ्याइरहनुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २२ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले सात हजार ५५८ र राप्रपाका हिमला गुरुङले पाँच हजार १० मत प्राप्त गर्नुभएको छ ।

भरतपुर महानगरपालिका–५ को एक हजार ३१७ मत गणना हुँदा वडाध्यक्षमा गठबन्धनका युद्धप्रसाद श्रेष्ठले ५७८ मत र नेकपा एमालेका पदमपाणि सुवेदीले ५७२ मत प्राप्त गर्नु भएको छ ।

यसअघि महानगरको वडा नं १, २ र ४ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा नेकपा एमालेका वडाध्यक्ष निर्वाचित हुनुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडी र इच्छाकामना बाहेकका चार पालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायमै छ ।