📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
Top Ad

सामाजिक सुरक्षा भत्ता घर दैलोमै पु¥याउ छौँ ः नगर प्रमखु लिम्बू

🕒 May 22, 2022

दोधरा चाँदनी नगरपालिकाका नवनिर्वाचित प्रमुख किशोरकुमार लिम्बूले सामाजिक सुरक्षाभत्ता घरमै पुगेर वितरण गर्ने बताउनुभएको छ ।बैंकहरुलाई आवश्यक प्रक्रिया पूरा गरी घर–घरमै सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउन निर्देशन दिइएको जानकारी उहाँले दिनुभयो । नगरको मुख्य समस्याको रुपमा रहेको डुवान र कटानको समस्या समाधानका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरीे समस्या समाधन गरिने नगरप्रमुख लिम्बुले जोड दिनुभयो । “पटक–पटक देखापर्ने सीमा समस्या समाधानका लागि केन्द्र सरकारसँग पहलका लागि कार्य अगाडि बढाउछौँ” उहाँले भन्नुभयो, “भारतीय अधिकारीसँग समन्वय गरी सीमा विवाद समाधानका लागि प्रयत्नशील रहने छौँ ।”

शैक्षिक क्षेत्रको विकासका लागि गुणस्तीय शिक्षामा जोड दिने र नगरपालिकास्तरीय छात्राबास निर्माणसँगै नगरस्तरीय पुस्तकालय स्थापना गरिने, एक वर्षभित्रै छाडा चौपाया व्यवस्थापन गरिने र मदिरा बिक्री गरी जीविका चलाउनेलाई स्वरोजगार बनाउनका लागि सीपमूलक तालिम दिइने नगरप्रमुख लिम्बुले बताउनुभयो । नगरमा अवैधरुपमा मदिरा विक्री वितरणमा पूर्ण रोक लगाइने र काम गर्ने व्यक्तिलाई मात्रै अनुदानका कार्यक्रममा समेटिने उहाँको उहाँको भनाइ थियो ।
–––