📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

इलाममा विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा

🕒 May 25, 2022

 

इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ ।

सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द छ । विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने काम प्रभावित भएको बताइएको छ ।

सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मङ्गलबार पनि सहज हुन सकेन् । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्दको कारण हालसम्म पत्ता लगाउन सकेको छैन । केन्द्रका प्रमुख बेगराज पौडेलले हालसम्म ‘फल्ट’ पत्ता लाग्न नसकेको जानकारी दिनुभयो । उहाँले इलाम सबस्टेशनबाट सदरमुकाममा वितरण गरिएको मुख्य लाइनमा समस्या रहेको हुनसक्ने बताउनुभयो ।