📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन हुँदै

🕒 May 25, 2022

बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन सुरु भएको छ । मतगणनाको अन्तिम परिणाम घोषणा भएसँगै कार्यपालिका सदस्य छनोटका लागि निर्वाचन गराउन लागिएको मुख्य निर्वाचन कार्यालय, नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो ।

उहाँले कार्यपालिका सदस्य निर्वाचनका लागि सम्बन्धित पालिकामा सम्बन्धित निर्वाचन अधिकृतले निर्वाचन गर्ने उल्लेख गर्दै कार्यपालिका गठनपछि जिल्ला समन्वय समितिको निर्वाचन समेत हुने जानकारी दिनुभयो । कार्यपालिका सदस्य निर्वाचनका लागि सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका तथा जानकी र राप्ती सोनारी गाउँपालिकामा आज मनोनयन हुन लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खजुरामा यही जेठ १२ गते मनोनयन र १७ गते मतदान, राप्तीसोनारीमा ११ गते मनोनयन र १६ गते मतदान, बैजनाथमा १२ गते मनोनयन र १६ मतदान हुनेभएको छ ।

यस्तै नेपालगञ्जमा आज मनोनयन र १६ गते मतदान, नरैनापुरमा १७ गते मनोनयन र २० गते मतदानको कार्यतालिका सार्वजनिक भएको कार्यसूची छ । कोहलपुरमा १९ गते हुने छ । डुडुवा गाउँपालिकामा मङ्गलबार नै मनोनयन दर्ता भएको छ । कार्यपालिका सदस्यमा वडामा निर्वाचित भएका महिला सदस्यमध्येबाट तथा सिमान्तकृत–अल्पसङ्ख्यक र दलित समुदायबाट निर्वाचित गर्ने व्यवस्था छ ।

कार्यपालिका सदस्यको निर्वाचनमा नवनिर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यले मतदान गर्नेछन् । कार्यपालिका सदस्य निर्वाचित भएपछि मात्र स्थानीय सरकारले पूर्णता पाउने छ ।