📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
Top Ad

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ

🕒 May 26, 2022

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले बैठकमा प्रस्तुत गरेपछि छलफल प्रारम्भ भएको हो ।

छलफलमा भाग लिँदै संशोधनकर्ता सांसद भैरवसुन्दर श्रेष्ठ, शेखरकुमार सिंह, भगवती न्यौपाने, विमला घिमिरले आ–आफ्नो असहमतिको कुराहरु बैठकमा राख्नुभएको थियो । संशोधनका बुँदामा नीति तथा कार्यक्रममा ‘एक घर ः एक धारा’ कार्यक्रम रहेको छ । चार लाख ६६ हजार नागरिकलाई उच्च र मध्यमखालको खानेपानी दिने भन्ने रहेको छ । नागरिकलाई स्वच्छ खानेपानी दिनुपर्ने हो । कसलाई उच्च र कसलाई मध्यमखालको खानेपानी दिने हो सरकारसँग म जवाफ चाहान्छाँै भनिएको छ ।

त्यस्तै, स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भयो भनेर भनिएता पनि अत्यन्तै झेलझाल र धाँधली गरेर लज्जाबोध हुने तरिकाले निर्वाचन सम्पन्न भएको उल्लेख गरिएको छ । अघिल्लो सरकारले ल्याएको एक हजार ४०० भन्दा बढी सडक निर्माणका योजना हटाएकोप्रति बैठकमा संशोधनकर्ता सांसदको धारणापछि नियमितरुपमा दलीय आधारअनुसार नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।