📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

दुई स्वतन्त्र उम्मेदवारको मत शून्य !

🕒 May 27, 2022

स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्रतर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र पाएका छन् ।

त्यस्तै शिवसताक्षी योगमणि अधिकारी (स्वतन्त्र)ले चार मत, गौरादह राधिका धमला (स्वतन्त्र)ले सात मत, बिर्तामोड अञ्चल धिमाल (नेपाल लोकतान्त्रिक पार्टी)ले छ मत, कमलका नारायणप्रसाद रिजाल (मौलिक जरोकिलो पार्टी)ले आठ मत, दमकका देउकुमार राई (किराँत खम्बूवान साझा पार्टी)ले नौ मत, दमकका कृष्ण राया (लोकतान्त्रिक समाजवादी पार्टी नेपाल)ले छ मत, दमकका नेत्रजङ्ग थापा (स्वतन्त्र)ले छ मत, दमकका नीलकण्ठ सापकोटा (स्वतन्त्र) पाँच मत र दमककै कृष्ण खनाल (स्वतन्त्र)ले तीन मत पाएका छन् ।

त्यस्तै गौरीगञ्ज–२ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गणेशबहादुर कार्की र शिवसताक्षी–७ बाट राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर लिम्बूले एक–एक मत पाउनुभएको छ ।

जिल्लामा ९६१उम्मेदवारको जमानत जफत भएको छ । जिल्लामा विभिन्न पदमा गरी दुई हजार ७८६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । तीमध्ये प्रमुख–अध्यक्षमा ८३, उपप्रमुख–उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ र महिला, दलित, खुला सदस्य गरी ५३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिनुभयो ।