📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
Top Ad

पर्यटकीय गन्तव्य बन्दै सिद्धिविनायक उद्यान

🕒 May 31, 2022

बाँकेको डुडुवा गाउँपालिका–५ नानापुरस्थित सिद्धिविनायक उद्यान नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । उद्यानमा अहिले दैनिकजसो सर्वसाधारण घुमफिर गर्न आउने गरेका छन् ।

नेपालगञ्ज, कोहलपुरलगायत राप्तीसोनारीबाटसमेत सर्वसाधारण उद्यानमा घुम्न आउने गरेको क्लब अफ नेपालगञ्ज सिद्धिविनायकका निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकालले बताउनुभयो । उहाँका अनुसार उद्यानलाई जिल्लाकै आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गरी बाह्य तथा आन्तरिक पर्यटक आउने वातावरण बनाउने उद्देश्यका साथ काम भइरहेको छ ।

नानापुरको बाबुकुवा सामुदायिक वन परिसरमा करिब १० हेक्टर जमिनमा सिद्धिविनायक उद्यान निर्माण गरिएको छ । राँझा विमानस्थलबाट करिब तीन किलोमिटर पूर्वतर्फ डुडुवाखोला तरेसँगै दक्षिणतर्फको बाटोमा पर्ने बाबुकुवा सिमसार क्षेत्रमा अहिले उद्यानका लागि आवश्यक संरचना धमाधम निर्माण भइरहेका छन् ।

उद्यान परिसरमा दुई शौचालय, एउटा गोलघर, सात थान विश्रामस्थल, एक सभा भवन, एक बाटिका र सिद्धिविनायक लायन्स स्तम्भ निर्माण सम्पन्न भएको छ । ५ नंवर वडा कार्यालयले बाटिका निर्माणमा सहयोग गरेको छ । करिब एक कठ्ठा क्षेत्रफलमा रु छ लाखको लगानीमा बाटिकाको निर्माणकार्य पूरा भएको वडाध्यक्ष झङ्कबहादुर थापाले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको २० नं वडास्थित राँझा विमानस्थलसँग जोडिएकाले पनि यो उद्यानमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्न सक्न उहाँको भनाइ छ । आगामी आर्थिक वर्षमा थप आवश्यक बजेट विनियोजनका लागि आफू सकारात्मक रहेको वडाध्यक्ष थापाले बताउनुभयो ।

लायन्स क्लब अफ नेपालगञ्ज सिद्दिविनायकको अगुवाइमा उद्यान निर्माण भइरहेको हो । रु आठ करोड ५० लाखको गुरुयोजना बनाएर काम सुरु भएको उद्यानमा हालसम्म करिब रु ६५ लाख लगानी भइसकेको लायन्स क्लब अफ नेपालगञ्ज सिद्धिविनायकका अध्यक्ष मीनबहादुर थापाले जानकारी दिनुभयो ।

लायन्स क्लबको एनएलएफ फण्ड, केन्द्रीय कार्यक्रम, सांसद विकास कोष, वडा कार्यालय र क्लबका अध्यक्ष तथा सदस्यबाट आर्थिक सङ्कलन गरी निर्माण कार्य हुँदै आएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार हालसम्म डब्लुडब्लुएफबाट रु दुई लाख, बाबुकुवा सामुदायिक वन उपभोक्ता समितिको पहलमा रु ४० लाख, माछापालन किसान समूहबाट रु १० लाख, स्व दिनेश यादव सांसद विकास कोषबाट रु १० लाख, लायन्स क्लब केन्द्र्रीय कार्यक्रमबाट रु एक लाख, एनएलएफ कोषबाट रु ५० हजार र क्लबका अध्यक्ष र सदस्यहरूबाट रु छ लाख ५० हजार लगानी भएको छ ।

गुरुयोजना बमोजिम निर्माण सम्पन्न भइसकेपछि विभिन्न शीर्षकबाट हुन आउने आम्दानीबाट उद्यानको मर्मतसम्भार गर्ने र बचेको रकम समुदायका कमजोर आर्थिकस्तर भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी सहयोग गर्नेसमेत योजना रहेको उहाँले जानकारी

दिनुभयो ।