📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

बाँकेमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न

🕒 May 31, 2022

बाँकेको चार स्थानीय तहमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न भएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) का उम्मेदवार निर्वाचित हुनुभएको छ । सो नगरमा आठ कार्यपालिका सदस्य चयन गर्न मतदान भएको थियो । निर्वाचनमा कांग्रेसकी अमृताकुमारी सिंह, पुष्पा सिंह, सङ्गीता रेग्मी, जसपाकी शोभा खटिक, वसन्तकुमार कनोजिया र मोहम्मद मुजस्मिल हुसैन हल्वाई तथा राप्रपाकी बीना थापा र विक्रम चिडिमार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कांग्रेस र जसपाका तीन–तीन र राप्रपाका दुई जना निर्वाचित भएका छन् । निर्वाचनका लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाबीच गठबन्धन भएको थियो । यस्तै जसपा र नेकपा (एमाले)बीच चुनावी तालमेल भएको थियो । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा एमालेको प्यानल विजयी भएको छ ।सो निर्वाचनमा दलित अल्पसङ्ख्यकबाट केशवराज दमाई, थानबहादुर विक विजयी हुनुभएको गाउँ कार्यपालिकाका मुख्य निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिनुभयो । उहाँहरूका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर विक र प्रदीपकुमार रजक हुनुहुन्थ्यो । गाउँ कार्यपालिकामा महिला सदस्यमा सुमित्राकुमारी थारू, गौत्राकुमारी डाँगी, यमकुमारी वली र राधिका सुनार निर्वाचित हुनुभएको छ ।

यसैगरी बाँकेको बैजनाथ गाउँपालिकाको कार्यपालिका सदस्यमा कांग्रेसका उम्मेदवार विजयी हुनुभएका छन् । निर्वाचित हुनेमा कमानसिंह सुनार, फरिदुल हलवाई, मञ्जु ओली, कृष्णकुमारी विक, रुपा रावत र भूमिसरा राना हुनुहुन्छ । उहाँहरु अन्य दलले उम्मेदवारी नदिएकाले निर्विरोध निर्वाचित हुनुभएको हो ।

जानकी गाउँपालिकाको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार निर्वाचित हुनुभएको छ । निर्वाचनमा कांग्रेसका उम्मेदवार कमलादेवी यादव, कान्ति काँदु, निर्मला हरिजन र रामअचल धोवी तथा माओवादी केन्द्रका तारावती खटिक र राजेन्द्र सिंह निर्वाचित हुनुभएको हो ।