📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

बालविवाह र छाउपडी प्रथा अन्त्य गर्न माग

🕒 May 31, 2022

कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिनुभएको छ । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द डा केसीले बालविवाहमुक्त कर्णाली निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भन्नुभयो । “छाउपडी प्रथाका कारण पनि यहाँका महिलाको अवस्था निकै दयनीय छ ”, उहाँले भन्नुभयो, “ बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो छ ।”

कार्यक्रममा इतिहासकार डा रमेश ढुङ्गेलले तत्कालीन अधिनस्थ कर्णाली खस राज्यको मष्टो संस्कृति संरक्षण गर्न आवश्यक रहेको
जनाउनुभयो । उहाँले भन्नुभयो “खस सभ्यता संरक्षणका निम्ति खस राजाहरूको ठूलो देन छ । जुम्लाको हाटसिंजामा भाषाको अध्ययन अनुसन्धानका लागि विशेष केन्द्र तथा प्रतिष्ठान निर्माण गर्न जरुरी छ । ”

कार्यक्रममा खस साहित्य तथा संस्कृतिसम्बन्धी जानकार तथा वामपन्थी बुद्धिजीवी रामकृष्ण बुढ्थापाले जुम्लाको कालीमार्सी धानको बिजारोपण ऐतिहासिक पहलकर्ता लक्षालकृति पैकलाले गरेको र त्यसको प्रवद्र्धन गुरु चन्दननाथ बाबाले गरेको बताउनुभयो । कला, साहित्य र संस्कृतिको केन्द्रविन्दु कर्णालीमा केही कुप्रथाले महिला र दलित वर्गले बढी समस्या खेप्नुपरेको उहाँको भनाइ थियो ।