📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

भक्तपुर नगरकार्यपालिका सदस्य निर्विरोध

🕒 May 31, 2022

भक्तपुर नगरपालिकाको नगर कार्यपालिकाको पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर नगरपालिकामा निर्वाचित महिला वडा सदस्यहरुमध्येबाट कार्यपालिकामा निर्वाचित हुने पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

नगरपालिकाको नगरकार्यपालिका सदस्यमा वडा नं ३ मा सुनिता अवाल (प्रजापति), वडा नं ५ मा कृष्णप्यारी भुजू, वडा नं ६ मा रोशनमैयाँ सुवाल, वडा नं ७ मा रञ्जना त्वाती र वडा नं ९ मा छोरीमैयाँ सुजखु प्रजापति निर्विरोध निर्वाचित हुनुभएको हो । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले क्लिन स्विप गरेको थियो । यसैबीच नवनिर्वाचित नगर कार्यपालिका सदस्यहरुले आजै शपथ ग्रहण गरेका छन् । सो अवसरमा नगरप्रमुख सुनिल प्रजापतिले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै कार्यपालिकाले पूर्णता पाएसँगै छिट्टै कार्यविभाजन गरी हरेक क्षेत्रमा विशेष ढङ्गले काम गर्ने बताउनुभयो ।

नगरपालिकाले सस्तो लोकप्रियताका लागि नभई भक्तपुर नगर र नगरवासीहरुको सन्तुलित विकास र आर्थिक जीवनस्तर उकास्ने ढङ्गले काम गर्दै आइरहेको बताउँदै उहाँले जनतासँग एकाकर भई काम गर्न सके जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख रजनी जोशीले निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता एकएक गरी पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यकाल अझ सफल र उपलब्धिमूलक हुने ढङ्गले काम अगाडि बढाउने बताउनुभयो ।