📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

अझै हटेन गाम्रीण क्षेत्रमा जातीय छुवाछूत

🕒 June 7, 2022

पाल्पाको गाम्रीण भेगमा जातीय छुवाछूत तथा भेदभावजन्य हिंसाका घटना अन्त्य हुन सकेको छैन । रुढीवाढी तथा अन्धविश्वासबाट मुक्त हुन नसक्दा ती हिंसा नरोकिएको जनाइएको छ ।

नेपालको संविधान–२०७२ ले ‘जात व्यवस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्न पाइने छैन’ भन्ने उल्लेख छ । जातीयताकै कारण आफूहरुले मन्दिरमा चढाएको प्रसाद फिर्ता भएको यहाँका दलितले दुःखेसो पोखेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ तालपोखराको शिवमन्दिर पुनःनिर्माण गरिएको छ । प्रत्येक शनिबार र आइतबार पूजाआराधना गरिने मन्दिरमा शिवरात्रिलगायतका पर्वमा विशेष पूजा हँुदै आएको छ ।

विगतका वर्षहरूमा मन्दिरमा दूध, हलुवा तथा प्रसाद चढाए पनि दलित जातिको भनी फिर्ता गरिदिँदा यहाँका दलित जातीय भेदभाव तथा छुवाछूत भोग्न परेकामा गुनासो गर्दछन् । मन्दिरमा भेटी चढ्ने, टीका र प्रसाद टाढाबाटै दिने गरेको स्थानीयवासी सीता विकले बताउनुभयो ।

मन्दिर निर्माणमा दलित र गैरदलितले बराबर रकम सङ्कलन गरी निर्माण थालिएको थियो । मन्दिर तथा अन्य सार्वजनिकस्थलमा दलितमाथि छोइछिटो तथा भेदभाव नहटेको स्थानीय मनकला सुनारले बताउनुभयो ।

दलित समुदायले आफूहरूले चढाएको फूल, प्रसाद मन्दिरका पुजारीले फिर्ता गरिदिएको आरोप लगाएका छन् । मन्दिरमा दलित र गैरदलितलाई समान व्यवहारका लागि दलित अगुवाहरूले निवेदन दिए पनि सुनुवाइ हुन नसकेको उनीहरूको भनाइ छ ।

दलितले ल्याएका फूलप्रसाद, दूध मन्दिरमा चढाएका छौँ, आफूले मन्दिरमा भेदभाव नगरेको र दलितले ल्याएका प्रसाद चढाएको सोही मन्दिरका पूजारी छविलाल पन्थीले जानकारी दिनुभयो ।

जिल्लामा जातीय छुवाछूत तथा भेदभावका घटना अझै अन्त्य भएको छैन । दलित तथा गैरदलितलाई जागरुक बनाउँदै छुवाछूत तथा भेदभाव गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने स्थानीयवासी सुनिल नेपालीको माग छ ।