📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

रुकुमकोटमा खानेपानीको अभाव

🕒 June 8, 2022

रुकुम ९पूर्व०, २५ जेठ ९रासस०ः रुकुम९पूर्व० को सिस्ने गाउँपालिका–६ मा खानेपानीको समस्या देखिएको छ । जिल्ला सदरमुकामसमेत रहेको रुकुमकोटका केही बस्तीमा खानेपानीको अभावले नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ ।

जिल्लामा विद्युत् सेवा अनियमितताले यस वडाको लुफासा लिफ्ट आयोजनाको खानेपानी उपभोक्तासम्म पुग्न नसक्दा समस्या आएको हो । हावाहुरी र वर्षा हुने बित्तिकै जिल्लामा विद्युत् सेवा अवरुद्ध हुन्छ । विद्युतकै कारण यहाँका नागरिक पानीको समस्यासँग पनि जुध्न बाध्य
छन् । ६ नं वडाको छिप्रीदह, चिउरेनी, आला र बाहुनडेराका १८६ घरधुरीका नागरिक पानीको अभावले समस्या खेपिरहेका छन् ।

धारामा पानी नझर्दा दैनिक घरायसी कामकाज गर्न, पिउन, सरसफाइ गर्न समस्या हुने गरेको सिस्ने–५ छिप्रीदहका वसन्तकुमार श्रेष्ठले बताउनुभयो । धारामा पानी नझरेपछि लुस्फा धाराबाट पानी बोक्नुपर्ने बाध्यता रहेको छ । छिप्रीदहमै होटेल गर्दै आउनुभएका गोपालप्रसाद सुनारले दैनिक २०÷२५ मिनेट धाराबाट पानी झर्ने गरेको बताउँदै त्यो पानीले भाडा धुन, चर्पीमा प्रयोग गर्न र खाना पकाउन नपुग्दा सास्ती खेप्नुपरेको गुनासो गर्नुभयो ।

छिप्रीदहमै मेडिकल गर्दै आउनुभएका प्रकाश नेपालीले पनि पानी अभावको कारण उपचारसँगै अन्य सरसफाइको काममा कठिनाइ हुने बताउँनुभयो । उहाँले अहिले मोटरसाइकलमा लुस्पाबाट पानी बोकेर प्रयोग गर्दै आएको बताउनुभयो । हिमशिखा बोर्डिङ स्कुलका सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण गौतमले पानी अभावको कारण विद्यालयका शिक्षक, बालबालिकालाई चर्पी प्रयोग गर्न समस्या भएको बताउनुभयो । उहाँका अनुसार त्यहाँका विद्यार्थीले अहिले पिउने पानी घरबाटै बोतलमा भरेर ल्याउने गरेका छन् भने चर्पीका लागि बाहिर जानुपर्ने बाध्यता छ ।

लुस्फा लिफ्ट आयोजनाको पानी वितरण गरिरहनुभएका उपसमितिका अध्यक्ष सुशील गौतमले बत्ती अनियमितताको कारण यो समस्या आएको बताउनुभयो । बत्ती नहुँदा लिफ्ट नचल्ने र आकासिएको मूल्यको कारण डिजेल किनेर जेनेरेटर चलाउने अवस्था नभएकाले पानीको समस्या भएको उहाँले बताउनुभयो । अहिले मुस्किलले केही समय भए पनि जेनेरेटर चलाएर लिफ्टमार्फत पानी वितरण गरिरहेको उहाँको भनाइ छ । खानेपानीको यो समस्या समाधान गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । यसअघि रुकुमकोटमा २०४५ सालमा राजा वीरेन्द्रले उद्घाटन गरेको ठाराखोला मुहानको खानेपानीले धानिरहेको थियो ।

अहिले रकुमकोट जिल्ला सदरमुकामका रुपमा विकास र बढ्दो बजारीकरणका कारण पुरानो खानेपानी आयोजनाले धान्न नसक्दा लिफ्ट आयोजनाको निर्माण गरिएको थियो । गएको वर्ष असारबाट सञ्चालनमा आएको लिफ्ट खानेपानी आयोजनाबाट पनि विद्युत्का कारण पानी वितरण हुन नसकेपछि नागरिक समस्यामा परेका हुन् । आयोजनाले अझै पूर्णता भने पाइसकेको छैन । आयोजनाको लागत अनुमान खर्च साढे तीन करोड हो । अहिले पनि यसै आयोजनाको विभिन्न ठाउँमा ट्याङ्की निर्माणको काम चलिरहेको छ ।