📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
Top Ad

हुम्ला आँखा शिविरबाट ४३७ जना लाभान्वित

🕒 June 8, 2022

जिल्ला अस्पताल हुम्लामा सञ्चालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट ४३७ जना लाभान्वित भएका छन् । मङ्गलबार उनीहरुको निःशुल्क उपचार गरिएको छ भने आज ३६ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया गरिनेछ ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, स्वास्थ्य सेवा कार्यालय, जिल्ला आँखा उपचार केन्द्र, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा हुम्लाको आयोजनामा सो शिविर भएको हो । शिविरबाट सिमकोट, खार्पुनाथसहित अन्य छिमेकी गाउँपालिकाका साथै सदरमुकाम सिमकोटमा बसोबास गर्ने आँखाका बिरामीले उपचार पाएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

यस्तै २६ गते जिल्ला उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । दुर्गम जिल्लाका नागरिकको निःशुल्क उपचारका लागि तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ चिकित्सक गोविन्द पौडेलसहितको टोलीले उपचार गर्नेछ । शिविरमा मोतियाविन्दु, मासु पलाएकोलगायत रोगको निःशुल्क शल्यक्रियासहितका आँखासम्बन्धी उपचार निःशुल्क प्रदान गरिएको थियो ।