📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

🕒 June 10, 2022

झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।

विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीन वटा सेकेण्डरी अस्पताल र १० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । चितवनसहित छ जिल्लामा अस्पताल र सेवा केन्द्र रहेका छन् । भारतयि नागरिकसहित १२ जिल्लाका बासिन्दाले प्रत्यक्षरुपमा सेवा पाएका छन् ।

सङ्घका सभापति एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेलले चितवनका सबै पालिका र छिमेकी जिल्लाका सबै पालिकामा सेवा विस्तार अभियान अघि बढाइएको बताउनुभयो । चितवनका कालिका र राप्तीबाहेकका पालिकामा आँखा उपचार सेवा दिइँदै आएको छ । ती दुई पालिकामा पनि छिट्टै सेवा सञ्चालनका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । ठाउँ उपलब्ध गराई एक जना कर्मचारीको तलब सम्बन्धित पालिकालाई उपलब्ध गराउन अनुरोध गरिएको छ । अन्य व्यवस्थापन सङ्घले गर्ने उहाँको भनाइ छ ।

अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर डा सङ्गीता शर्मा भण्डारीले हाल अस्पतालले भरतपुर महानगरपालिका–१० स्थित भरतपुर उकालोमा चिजकुमार विष्णुकुमारी बहिरङ्ग विभाग, पर्साको ठोरी, नवलपरासीको कावासोती र बाराको सिम्रनगढमा सेकेण्डरी अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो । त्यस्तै चितवनको चनौली, माडी, कुरिनटार, रत्ननगर, पर्सा, धादिङको बेनीघाट र सल्यानटार, नवलपुरको चोरमारा र होप्सीकोट र सिन्धुलीको दुधौलीमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

सेकेण्डरी अस्पतालमा सबै सेवा उपलब्ध गराइएको छ भने उपचार केन्द्रमा शल्यक्रियाबाहेकका सेवा दिइँदै आएको छ । गएको असार १५ गते यता जेठ १५ गतेसम्म सेकेण्डरी अस्पताल र आँखा उपचार केन्द्रबाट ४५ हजार ३१० जनालाई सेवा दिइसकिएको छ । भरतपुर आँखा अस्पताल र चिजकुमार विष्णुकुमारी बहिरङ्ग विभागबाट एक लाख चार हजार ६२४ जनालाई सेवा दिइएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभयो ।

यसै अवधिमा विभिन्न ठाउँमा गरिएका शिविरमा ५९ हजार १४६ को आँखाको निःशुल्क परीक्षण गरिएको थियो । १११ ठाउँमा एक दिन शिविर र १७ ठाउँमा शल्यक्रियासहितको सर्जिकल शिविर गरिएको उहाँले बताउनुभयो । एक दिन शिविरमा परीक्षणको क्रममा शल्यक्रिया गर्नुपर्नेलाई भरतपुर आँखा अस्पतालमा ल्याएर गरिएको छ । घिमिरेका अनुसार यस वर्ष शिविरमा चार हजार ३४१ को निःशुल्क शल्यक्रिया गरिएको छ ।

विभिन्न दाताबाट सहयोग जुटाएर शल्यक्रिया गरिएको हो । एक जना व्यक्तिको आँखाको शल्यक्रिया गर्दा रु सात हजार ५०० हाराहारी खर्च हुन्छ । भरतपुर आँखा अस्पतालले आधा रकम व्यहोरेर बाँकी दाताको सहयोगमा निःशुल्क शिविर गरिएको हो । उहाँको भनाइमा रु तीन करोड २५ लाख ५७ हजार बराबरको शिविरमा निःशुल्क शल्यक्रिया गराइएको छ । यसै अवधिमा भरतपुर आँखा अस्पतालमा सात हजार १४८ को शल्यक्रिया गरिएको छ ।

शिविर सञ्चालन र शल्यक्रियामा डाक फाउण्डेशन, सेवा फाउण्डेशन, नेपाल सरकार, लायन्स इन्टरनेशनल, स्थानीय संघ संस्था र भरतपुर आँखा अस्पतालले साझेदारी गर्दै आएका छन् । अस्पतालका उपनिर्देशक डा पुष्पा गिरीले पालिकामा सेवा पु¥याउन सकेमा लामो समयदेखि आँखाको समस्या देखिएकाको उपचार गर्न सकिने बताउनुभयो । ग्रामीण क्षेत्रसम्म पुगेर शिविर सञ्चालन गर्दा लामो समय आँखाको उपचार नपाएकाले घरदैलोमै सेवा पाउने गरेको उहाँले बताउनुभयो । स्थानीय सरकारसँग साझेदारी गरेर कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने उहाँको भनाइ छ ।

अस्पतालका प्रशासक दयाशङ्कर चौधरीले ठोरीको सेकेण्डरी अस्पतालले भारतीय नागरिकलाई समेत सेवा दिन सकेको बताउनुभयो । क्रमशः आँखा उपचारलाई पालिका पालिकासम्म पु¥याउनुपर्ने उहाँको भनाइ छ । कोभिडका दुई वर्ष धेरैलाई सेवा दिन नसकेकोमा यस वर्ष निकै धेरैले सेवा पाएको उहाँ बताउनुहुन्छ । बाह्य शिविर प्रभावकारी बनाएर सेवा दिने काममा आँखा अस्पताल जुटेको उहाँले बताउनुभयो । सरकार र दाताको सहयोगका कारण अस्पतालले सेवा विस्तार गर्न सफल भएको उहाँ बताउनुहुन्छ ।