📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

आइएसओ मान्यता

🕒 June 12, 2022

चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सिएमसी ल्याब)ले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ । गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ ।

अस्पतालका क्वालिटी म्यानेजर एण्ड एक्कुडेशन को–अर्डिनेटर राप्रसाद शर्माका अनुसार प्रयोगशालाले आइएसओ १५१८९ः२०१२ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय ल्याब्रोटेरी मानकीकरण निगम मान्यता शिक्षा अनुसन्धान र वैज्ञानिक सेवा केन्द्र (एइआरएसएससी)ले तोकेका मापदण्ड अस्पतालको प्रयोगशालाले पूरा गरेकाले सो मान्यता पाएको उहाँले जानकारी दिनुभयो । नेपालमा यसअघि छवटा प्रयोगशालाले यो मान्यता प्राप्त गरिसकेको जनाउँदै उहाँले भन्नुभयो, “मेडिकल कलेजहरूमा र उपत्यका बाहिर हामीले पहिलोपटक यो मान्यता प्राप्त गरेका  हौँ ।”

प्रयोगशालाका निर्देशक डा सञ्जय यादवले भारतको भेलोरमा रहेको क्रिस्टियन मेडिकल कलेज (सिएमसी)मा प्रयोग हुने उपकरण, जनशक्ति र रिएजेन्ड नै यस कलेजले प्रयोग गर्दै आएको बताउनुभयो । यसको प्रमाणपत्र नं ‘एमएलएस–००५’ रहेको छ । डा यादवले अस्पताल र प्रयोगशाला टिमको सबै सदस्यको लामो समयको मेहेनत र परिश्रमले आइएसओ प्राप्त गरेको बताउनुभयो ।

प्रमाणपत्र पाउनका लागि अस्पतालले २५८ प्रकारका कागजात तयार पारेको थियो । अहिले ल्याब्रोटेरी मेडिसिन विभागअन्तर्गत अस्पतालमा साना–ठूला १२ वटा एकाइ सञ्चालनमा छन् ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले अस्पतालले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय मान्यतालाई सधैँ कायमै राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रयोगशालाबाट प्राप्त रिपोर्ट सधैँ गुणस्तरीय रहन्छ । त्यसमा कुनै पनि चिन्ता लिनु पर्दैन ।” चितवनमा स्तरीय प्रयोगशाला सेवा भएसँगै अब राजधानी काठमाडौँ र विदेश पठाउनु नपर्ने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “अब यहाँको नमूना चर्काे शुल्क र लामो समय लगाएर विदेश परीक्षण गराउन पठाउनु पर्दैन ।”