📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
Top Ad

रामकली छ दिनदेखि सम्पर्कविहीन

🕒 June 12, 2022

लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर यही जेठ २३ गते घरबाट निस्केकी थिइन् ।

रामकलीलाई उहाँका भतिजा दिनेश रानाले फूपूलाई भेट्न जाने भनेपछि कलुवापुरसम्म मोटरसाइकलमा पु¥याएका थिए । यसपछि उहाँ बसमा जाने भनेर मोटरसाइकलबाट ओर्लिइन् र बस चढिन् । परिवारका सदस्यले फूपूकै घरमा पुगेकी होलिन् भनेर चासो दिएनन् ।

परिवारजनले फूपूको घरमा रामकली नपुगेको खबर पाएपछि खोजखबर गर्न सुरु गरेका छन् । जेठ २६ गते रामकलीले छिमेकी दाजु मनोहर रानाको मोबाइलमा बिहान फोन गरिन् तर बोलिनन् । “त्यसपछि लगातार फोन लगाउन खोज्यौँ बोलिनन्”, मनोहरले भन्नुभयो, “अझै पनि फोन गरिरहेका छौँ, फोन लागिरहेको छैन, स्वीचअफ छ ।”

खोजतलासका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा आफन्तले निवेदनसमेत दिएका छन् । प्रहरीे र आफन्तले रामकलीको खोजबिन गरिरहेका छन् । हालसम्म पत्ता लाग्न सकेको छैन । रामकलीका श्रीमान् रामसाहेव रानाको गत वर्ष मृत्यु भएको थियो । उहाँ १५ वर्षीय छोरासँग बस्दै आउनुभएको छ ।

“रामकली एकाएक कता हराइन्, निकै चिन्तामा छौँ”, जेठाजु गजेन्द्र रानाले भन्नुभयो, “फूपूको घर जाने भनेर गएकी कता हराइन् । अहिलेसम्म सम्पर्क हुनसकेको छैन ।”