📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
Top Ad

वीरेन्द्रनगरको एकीकृत प्रशासनिक भवन

🕒 June 14, 2022

वीरेन्द्रनगर नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित बनाउन एकीकृत प्रशासनिक भवनको शिलान्यास गरिएको छ । नगर कार्यपालिका कार्यालय भवनको सोमबार कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेल, नगरप्रमुख मोहनमाया ढकाल र निवर्तमान नगरप्रमुख देवकुमार सुवेदीले संयुक्तरूपमा शुभारम्भ गर्नुभयो ।

रु १० करोड ७१ लाख लागत अनुमान गरिएको पाँचतले भवन लिफ्ट सुविधासहितको हुनेछ । सो अवसरमा नगरप्रमुख ढकालले संविधानले स्थानीय तहलाई सेवा–प्रवाह गर्ने निकायका रूपमा परिभाषित गरेको बताउनुभयो । सेवाग्राहीको बढ्दो चापका कारण हाल सञ्चालनमा रहेको भवनबाट सेवा प्रवाहमा असहजता सिर्जना भएकाले नयाँ भवन निर्माण थालिएको उहाँको भनाइ छ ।

“संविधानमा प्रदत्त नागरिकको मौलिक हकको रक्षा गर्दै नागरिकसँग जोडिएर काम गर्नु स्थानीय तहको दायित्व हो”, नगरप्रमुख ढकालले भन्नुभयो, “गुणस्तरीय सेवा प्रवाहमा विस्तार गर्नकै लागि सुविधासम्पन्न एकीकृत प्रशासनिक भवनको निर्माण गर्न लागेका हौँ ।”

निवर्तमान नगरप्रमुख सुवेदीले प्रशासनिक भवन समयमै गुणस्तरीय बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य कँडेलले चुनावमा फरक खालका प्रतिबद्धता भए पनि नगरको विकासका लागि ती सबै साझा प्रतिबद्धता भएको बताउनुभयो । सत्ताइस महिनामा सम्पन्न गरिसक्ने गरी नेपाल पब्लिक शर्मिला जेभीले निर्माणको जिम्मा लिएको छ । हालको नगरपालिका कार्यालयको पूर्वी क्षेत्रको खाली जग्गामा भवन बन्नेछ ।