📅 2082 साल माघ 20 , बुधबार
ब्रेकिङ
चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध
Top Ad

बरेङ गाउँमा विद्युत् विस्तार

🕒 June 15, 2022

जिल्लाको बरेङ गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । केन्द्रीय प्रसारण लाइनको पहुँचमा नरहेका बरेङ–१ ओखरेनी माझगाउँ, थुम, लुङदी चौडिला, सोलथापा, गडेल गाउँहरुमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको हो ।

सामुदायिक विद्युतीकरणमार्फत केन्द्रीय प्रसारण लाइन नपुगेका गाउँहरुमा विद्युत् पु¥याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण, बरेङ धुल्लुबास्कोट उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर थापाले विद्युत्को स्विच थिचेर विद्युतीस्करणको उद्घाटन गर्नुभएको थियो ।

“स्थानीय खोलामा रहेको पावर हाउसबाट उत्पादित बिजुलीले धिपधिपे बत्ती मात्रै बल्थ्यो,” उहाँले भन्नुभयो, “अब राइसकुकरमा खाना बन्छ, स–साना कलकारखा चलाउन सहज हुन्छ ।” यसअघि स्थानीयवासीले पालुङखोलाबाट लघु जलविद्युते्को विद्युत् उपभोग गर्दै आएका थिए ।

लघु जलविद्युत् उपभोग गर्दा बिहान–बेलुका बत्ती मात्रै बालिरहेकामा अब भने ११ केभिए प्रसारण लाइनबाट वडाका ११० घरधुरीले केन्द्रीय विद्युत्को उपयोग गरेका अध्यक्ष थापाले बताउनुभयो । केन्द्रीय विद्युत् पुगेपछि घरेलु उद्योग कलकारखनालगायत विद्युतीय उपकरण सञ्चालन गर्न सकिने हुँदा आफूहरु खुसी भएको स्थानीयवासी रेशम थापाले बताउनुभयो ।

त्यस्तै वडा नं १ कै छाप, उर्लेनी, जमाने, ठाकुरचौर, गुवाडी र तल्लो गडेलका बस्तीमा तुरुन्तै विद्युत्को पहँुच पु¥याइने पनि अध्यक्ष थापाको भनाइ छ । बरेङका कतिपय गाउँहरुमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको पहुँच पुगेको छैन । आगामी पाँच वर्षमा सबै गाउँमा केन्द्रीय लाइनको पहुँच विस्तार गरिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्र्माले बताउनुभयो ।

“उज्यालो नभएको होइन साना लघुजलविद्युत् आयोजनाहरुको विद्युत् पुगेका गाउँहरुमा पनि केन्द्रीय प्रसारण लाइन पु¥याउने योजनामा छौँ,” उहाँले भन्नुभयो, “काठका पोल विस्थापन गरेर फलामे पोल राख्ने काम पनि द्रुत गतिमा भइरहेको छ ।”