📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
Top Ad

भेडा स्रोत केन्द्र स्थापना

🕒 June 15, 2022

जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदी पाटनमा पशुसेवा कार्यालय जुम्लाद्वारा भेडा स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट सञ्चालित भेडा स्रोत केन्द्र स्थापना गरिएको पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिनुभयो ।

वडा नं २ स्थित ओदी पाटनमा नमूना भेडा स्रोत केन्द्र शुरुवात गरिएको छ । उहाँका अनुसार एक जिल्लामा एक स्रोत केन्द्र बनाउने प्रदेश सरकारको उद्देश्यअनुसार जिल्लामा भेडापालनलाई स्तरवृद्धि गरी केन्द्र स्थापना गरिएको हो ।
तीन वर्ष अघि स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यअनुसार सूचना गरी हिमा–२, ओदी स्थित लामा विष्णु भेडापालक समूह छनोटमा परेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ ।

लामा विष्णु भेडा पालक समूहका अध्यक्ष नन्दबहादुर रोकायाका अनुसार अहिले सो स्रोत केन्द्रमा २०० भेडा रहेका छन् । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा दुई भेडा बस्ने ठूला क्षमताका ब्लग, एक कार्यालय भवन र ७०० मिटर घेरवार कार्य सम्पन्न भइसकेको छ ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार चन्दननाथ नगरपालिका स्रोत केन्द्रको डिपिआर रु आठ करोड र अन्य चालु खर्च गरी करिब रु ११ करोडमध्ये तीन आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारबाट रु दुई करोड ८० लाख निकासा भएको छ ।

ईन्जिनियर धर्मराज शाहीका अनुसार डिपिआरमा तीन ठूला आधुनिक भेडा बस्ने भवन र एक प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका
छन् । सात सय मिटर वरिवरि जालीसहितको घेरवार सम्पन्न भइसकेको छ । उहाँका अनुसार समूहले पहिलो वर्ष ७० भेडा खरिद गरेको
थियो । अहिले बढेर २०० पुगेका छन् । केही भेडा बिक्रीसमेत गरिएको छ । अन्य दुई करिब ५०० भेडा बस्ने क्षमताका भवन, वधशाला निर्माण, खानेपानी, औषधि उपचार, समूहलाई क्षमता अभिवृद्धि तालिमजस्ता कार्यक्रम रहेको ईन्जिनियर शाहीले जानकारी दिनुभयो ।