📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
Top Ad

रुकुमपूर्वमा भेडी गोठाला पाटन उक्लिए

🕒 June 17, 2022

रुकुमपूर्वमा भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन् । पुथाउत्तरगङ्गा गाउँपालिकासँगै भूमे गाउँपालिकाको माथिल्लो क्षेत्र र सिस्ने गाउँपालिका–१ र २ का भेडी गोठाला भेडाको बथानसहित पाटन उक्लिएका हुन् ।

फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ पाटनतिर लगेपछि यहाँका गाउँ सुनसान बनेका छन् । वैशाखदेखि नै गोठालाले भेडाको बथान पाटनतर्फ लैजान सुरु गर्छन् । जेठ अन्तिम सातासम्म लगभग सबै गोठाला भेडा, बाख्रा र गाईको बथानसहित पाटन उक्लिसक्ने पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका विकास पुनले बताउनुभयो । बेँसी अर्थात् गाउँघरमा घाँसपात र चरन क्षेत्रको अभाव भएका कारण उनीहरु आफूले पालेका वस्तुभाउसहित पाटन उक्लने गरेका हुन् ।

तकसेराका भेडी गोठाला जोडे बुढाका अनुसार वैशाखदेखि असोजसम्म पाटन गएका गोठाला गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै बिताउने
गर्छन् । सुरक्षाका लागि उनीहरुका साथमा कुकुर रहने गर्छ । उनीहरु खाद्यान्नसहित त्यहाँ जाने गर्छन् । “अहिले पाटन उक्लिएका सबै भेडी बथानसँगै दसैँमा बँेसी झर्छन्”, उहाँले भन्नुभयो ।

पुथाउत्तरगङ्गा गाउँपालिकाका कृषकले माथिल्लो क्षेत्र भिरकोटी, चौँरी, रेबाङ, नरसिङ, पुपाल, पूर्वाङ, रानीखर्क, देउरालीलगायत पाटनमा भेडाबाख्रा र गाईको बथानसँग ६ महिना बिताउने गरेको स्थानीय सुवा बुढामगरले बताउनुभयो । पुथाउत्तरगङ्गाका अधिकांश कृषकले भेडा र गाई पालेका छन् । हिमाली क्षेत्र भएकाले यहाँ बाह्रै महिना एकै ठाउँमा बसेर भेडापालन गर्न भने सकिँदैन ।