📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

विश्वविद्यालयमा राजनीति नगरौँ : सभामुख शाही

🕒 June 17, 2022

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयहरुलाई राजनीति गर्ने थलोका रुपमा बनाउन नहुने बताउनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “विश्वविद्यालयमा राजनीति नगरौँ, यसलाई शैक्षिक हवका रुपमा विकास गरिनुपर्छ ।”

पछिल्लो समय विश्वविद्यालयमाथि अविश्वास बढ्दै गएको र विश्वविद्यालय बेरोजगारी उत्पादनको हब बन्दै गएको भन्दै सभामुख शाहीले विश्वास बढ्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो ।

“विश्वविद्यालय भनेको अनुसन्धान गर्ने थलो हो, यहाँ राजनीति गर्ने होइन”, सभामुख शाहीले भन्नुभयो, “विश्वविद्यालयमा राजनीति पढ्ने पढाउने काम हुन्छ ।” उहाँले विश्वविद्यालयलाई राजनीतिक प्रयोगशालाका रुपमा स्थापित गर्न नहुने उल्लेख गर्नुभयो ।

“विश्वविद्यालयले व्यक्तिगत स्वार्थमा अल्मलिनु हुँदैन”, उहाँले भन्नुभयो “विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन आवश्यक छ, विश्वको आवश्यकताअनुसार प्राज्ञिक केन्द्र रहिरहन समयसापेक्ष परिवर्तन भई काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन जरुरी छ ।”

विश्वविद्यालय अनुसन्धानमूलक पाटोमा केन्द्रित हुनुपर्ने शाहीको भनाइ थियो । कर्णालीपछि परेको भन्दै यसमा विश्वविद्यालयले प्रमुख भूमिका खेल्नुपर्ने शाहीको भनाइ थियो ।