📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

ग्रामीण क्षेत्रका जनता खोपबाट वञ्चित ः मुख्यमन्त्री राउत

🕒 June 21, 2022

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण क्षेत्रका जनता कोरोना भाइरस (कोभिड–१९) विरूद्धको खोपबाट वञ्चित भएको बताउनुभएको छ ।

मुख्यमन्त्री राउतले पहुँच हुनेले मात्र खोप लगाएको पाइएको बताउनुभयो । अष्ट्रेलियाली सरकारको आर्थिक सहयोग, आड्रा नेपालको प्राविधिक सहयोग तथा बागमती सेवा समाजको सहजीकरणमा प्रदेशको आठवटै जिल्लामा कोभिड–१९ विरूद्धको खोप सुदृढीकरणमा जारी घुम्ती खोप सेवाको निरन्तरता दिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले सो धारणा व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले खोपको पहुँच बढाउन सञ्चालित यो परियोजनाको कामको प्रशंसा गर्नुभयो । परियोजनाअन्तर्गत गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा बिरामीलाई घरघरमै गएर खोप लगाइँदैछ । बालबालिकालाई पनि आगामी दिनमा यस्तै घुम्ती सेवा सञ्चालन गर्नुपर्ने मुख्यमन्त्री राउतले बताउनुभयो ।

खोप लगाउनबाट वञ्चित भएका एक लाख व्यक्तिलाई घरमै पुगेर खोप लगाउने परियोजनाको लक्ष्य रहेको बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीले हालसम्म चार जिल्लाका ३८ हजार बढी व्यक्तिलाई खोप लगाइएको र बाँकी चार जिल्लामा आजैदेखि खोप सेवा सुरू गरिएको बताउनुभयो ।