📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

‘गाँजा खेतीसम्बन्धीको विधेयक छलफलमा ल्याइयोस्’

🕒 June 23, 2022

प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गर्नुभएको छ ।

उहाँले नै विसं २०७६ फागुन १० गते नै उक्त विधेयक सदनमा दर्ता गर्नुभएको थियो । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले दर्ता विधेयकको कपी चार दिनभित्र सांसदहरूलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वनय हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

विधेयक दर्ता भएको दुई वर्ष पाँच महिना १६ दिन बितिसकेको उल्लेख गर्दै उहाँले छलफलमा नल्याएर जनप्रतिनिधिको अधिकार हनन गरिएको बताउनुभयो । उहाँले गाँजा औषधिजन्य वनस्पति भएको प्रमाणित भइसकेको र एचआइभी, क्यान्सरलगायत धेरै रोगको पीडा कम गर्ने औषधि हुनसक्ने भएकाले गाँजा खेतीलाई वैधानिक बनाउनेतर्फ अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले सांसदले उठाएका र समितिले दिएका निर्देशन आठ प्रतिशतभन्दा बढी कार्यान्वयन नदेखिएको भन्दै सांसदले उठाएका विषय संसद्ले कति कार्यान्वनय ग¥यो भनी प्रश्न गर्नुभयो । सांसद तामाङले मुलुकका रोजगारीको सिर्जना हुन नसकिरहेको अवस्थामा नेपाली युवा आकाशबाट जाने र बाकसमा आउने दर्दनाक अवस्था रहेको दुःखेसो पोख्नुभयो । यस अवस्थामा उक्त विधेयक पारित भए युवाले रोजगारी पाउने विश्वास व्यक्त गर्नुभयो ।

विशेष समयमा सांसद डा डिला सङ्ग्रौला पन्तले विराटनगर विमानस्थलको काम तुरुन्त सुरु हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सडक सङ्घर्ष गरिरहेका नागरिकको माग सम्बोधन गर्न र विपद् व्यवस्थापनमा लाग्न आग्रह गर्नुभयो ।

सांसद शक्तिबहादुर बस्नेतले मौलिक हक कार्यान्वयनका लागि केही कानुन नबनेको र बनेका पनि राम्ररी कार्यान्वनय हुन नसकेको गुनासो पोख्नुभयो । सांसद गजेन्द्रबहादुर महतले ओरालो लागेको शेयर बजारको विषयमा गम्भीर हुन आग्रह गर्नुभयो ।

सांसद सूर्यप्रसाद पाठकले सशस्त्र प्रहरीमा बढुवा, सरुवामा भएको नातावादका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सर्वाेच्चको फैसलाका विपरीत प्रहरी नियमावलीहरू संशोधनको प्रयास भइरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद गङ्गा चौधरीले जताततै भ्रष्टाचार, बिचौलियाको कमिशन देख्दा समाज कतातिर जाँदै छ भनेर प्रश्न उठाउनुभयो । विशेष समयमा सरलाकुमारी यादव, प्रमोदकुमार यादव, नवराज सिलवाललगायतले धारणा राख्नुभएको थियो ।

बैठकमा सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका जीवन सङ्गिनी शोभा प्रधानको निधनप्रति शोक वक्तव्य प्रस्तुत गर्नुभएको थियो ।