📅 2082 साल माघ 20 , बुधबार
ब्रेकिङ
चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध
Top Ad

जथाभावी निर्माण सामाग्री थुपार्दा

🕒 June 23, 2022

कैलालीको टीकापुर नगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी थुपारिएका निर्माण सामग्री हटाउन सुरु गरेको छ । निर्माण कम्पनी तथा विभिन्न व्यवसायीले नगरपालिकाको चोक, चौराहा, खुला स्थान तथा बाटोको छेउछाउमा अनधिकृतरूपमा थुपारेका ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल, माटोजस्ता निर्माण सामग्री बुधबारदेखि हटाउन सुरु गरेको हो ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरी पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने निर्माण व्यवसायीका निर्माण सामग्री हटाउन सुरु गरेको नगरप्रमुख रामलाल डगौरा थारूले बताउनुभयो । “निर्माण सामग्री जथाभावी राख्दा बजारको सौन्दर्यतामा असर परेको गुनासा धेरै आए, त्यसका साथै दुर्घटना बढेका, निर्माण सामग्री हावाहुरीले उडाउँदा विभिन्न स्वास्थ्य समस्या बढेका गुनासा आउन थाले”, उहाँले भन्नुभयो, “हामीले पटक–पटक सूचना गरेर सामग्री हटाउन अनुरोध ग¥यौँ, सबैलाई पहिलो चरण, दोस्रो चरण अनुगमन गरेर हटाउन समय पनि दियौँ, अटेर गर्नेहरूको सामान अब आफैँले व्यवस्थापन गर्न थालेका छौँ ।”

उहाँले अटेर गर्नेहरूका सामग्री नगरपालिकाले आवश्यक भएका ठाउँमा सदुपयोग गर्ने जानकारी दिनुभयो । “धेरै व्यवसायीले नगरपालिकाको सूचनापछि हटाउनुभएको छ, केहीले अटेर गर्नुभएको हो”, उहाँ भन्नुहुन्छ, “जथाभावीरूपमा राखिएका सामग्रीले नगरपालिकाको स्वरुप नै बिगारेका कारण खाली गराउने नगरपालिकाको अभियान जारी रहनेछ ।”

नगरउपप्रमुख खड्कबहादुर शाहले पटक–पटक सामग्री उठाउन ताकेता गर्दा पनि केही व्यवसायीले अटेर गर्दा कारबाहीस्वरुप सामग्री उठाउनुपरेको बताउनुभयो । “नगरपालिकाले सञ्चालन गरेको यो अभियानमा सबैलाई सहभागी भई नगरको सुन्दरता बढाउने कार्यमा सघाउन आग्रह गर्छु”, उहाँले भन्नुभयो, “नगरपालिकाका खुला ठाउँ हराभरा बनाउने अभियान छ ।”

टीकापुर –१ भित्र ३२ स्थानमा अनधिकृतरूपमा ढुङ्गा, गिट्टी, बालुवा, माटो र ग्राभेल थुपारेको तथ्याङ्क नगरपालिकासँग छ । यीमध्ये केही निर्माण व्यवसायीले नगरपालिकाले हटाउने सूचना जारी गर्दा आफैँ हटाउन सुरु गरेका छन् । त्यसमध्येका एक जना निर्माण व्यवसायी पूर्णबहादुर ठकुल्लाले आफूले पनि पहिले सडकको छेउछाउमा निर्माण सामग्री थुपारेको र अहिले त्यसलाई हटाउन थालेको बताउनुभयो । “मैले पनि नगरपालिकाका खुला ठाउँमा सामग्री राखेको थिए । नगरपालिकाले सूचना गरेपछि हटाउन थालेको छु”, उहाँले भन्नुभयो, “नगर सुन्दर बनाउने अभियान हाम्र्रो पनि हो । अबको दुई दिनभित्र आफूले थुपारेको सबै सामग्री हटाइसक्नेछु ।”

केही निर्माण व्यवसायी भने निर्माण सामग्री हटाउनुको साटो उल्टै वादविवादमा उत्रिएका छन् । निर्माण व्यवसायी वादविवादमा उत्रिँदा नगरपालिकाको सामग्री उठाउन गएको नगरप्रमुख र उपप्रमुखसहितको टोली र निर्माण व्यवसायीबीच बुधबार केही समय भनाभनसमेत भएको थियो । सामान उठाउन अटेर गरी भनाभनमा उत्रिएका निर्माण व्यवसायी टीका रावललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

व्यवसायी रावललाई केही दिनभित्र सार्वजनिक स्थानमा रहेका आफ्ना सबै निर्माण सामग्री हटाउने प्रतिबद्धतापछि सम्झाई–बुझाई छोडिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । नगरपालिकाले उठाएका निर्माण सामग्रीहरू नगरपालिकाले सार्वजनिक काम नै लगाउने बताएको छ।