📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

पुल निर्माणमा ढिलाइ हुँदा जनतालाई सास्ती

🕒 June 24, 2022

बाँकेको पसरपुर–गौघाट सडकमा पर्ने किरणखोलाको पुल निर्माणमा ढिलाइ हुँदा यो वर्ष पनि स्थानीयले सास्ती बेहोर्नुपर्ने भएको छ ।

दुई वर्षअघि लुम्बिनी प्रदेश सरकारको रु पाँच करोड ८५ लाख ७२ हजार ५३३ बजेटमा २०७९ असार २५ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी गल्वा–सिद्धार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते सम्झौता गरेको थियो ।

सम्झौता अवधि सकिन केही दिन बाँकी रहँदासम्म उक्त पुलको पूरै पिलरसमेत निर्माण भएको छैन । वर्षात्का समयमा पुल नहुँदा सर्वसाधारणले ठूलो सास्ती बेहोर्नुपरेको खजुरा गाउँपालिका–२ निवासी स्थानीय अगुवा गेहेन्द्र धितालले बताउनुभयो ।

किरण खोलामा पुल नभएका कारण सदरमुकाम नेपालगञ्ज आउन जानकी गाउँपालिकाको बेलभार हुँदै वैकल्पिक लामो बाटो प्रयोग गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।

निर्माण गर्ने समयावधि सकिनै लाग्दासमेत निर्माण कम्पनीले पुल निर्माणको काम अगाडि बढाएको छैन । निर्माण सम्पन्न गर्ने समयावधि सकिनै लाग्दासमेत निर्माण कार्य थालनी नगर्नु निर्माण कम्पनीको लापर्वाही भएको धितालको भनाइ छ ।

पुल निर्माण नहुँदा यो वर्षात्मा पनि आवागमनमा कठिनाइ हुने भएको खजुरा गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष धनीराम ओलीले बताउनुभयो । निर्माण कार्यलाई द्रुतगतिमा अगाडि बढाउन निर्माण व्यवसायी कम्पनीलाई पटकपटक आग्रह गरे पनि कार्य प्रगति नदेखिएको ओलीले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार, केही महिनाअघिसम्म समयमै काम सम्पन्न गर्ने बताउँदै आए पनि पछिल्लो पटक निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कविहीन रहेका छन् । निर्माणस्थलमा खटिएका मजदुरलेसमेत पारिश्रमिक पाउन सकेका छैनन् ।

आवागमनको वैकल्पिक व्यवस्था नरहेकाले पुल निर्माण नहुँदासम्म वर्षात्मा खजुराको सीतापुर र राधापुर क्षेत्रका सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । हाल किरण खोलामा सर्वसाधारणले कामचलाउ काठको पुल बनाएर जोखिमपूर्णरुपमा आवागमन गर्ने गरेका छन् ।

पुल निर्माण नहुँदा वर्षात्मा सवारीसाधन आवागमन ठप्प हुने गरेको छ । सदरमुकाम नेपालगञ्ज आउन सर्वसाधारणले बनाएको काठको काम चलाउ पुल खोलामा आउने बाढीले बेलाबेलामा बगाउँदा आवतजावत पूर्णरुपमा ठप्प हुने गरेको छ ।