📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

पुराना चौतारी संरक्षण अभियान

🕒 June 27, 2022

म्याग्दीको बेनी नगरपालिकाका पुराना चौतारीको पुनःनिर्माण गरी तिनीहरुको संरक्षण गर्ने अभियान थालिएको छ । यसै क्रममा वडा नं ७ स्थित बसपार्क नजिक मालपोत भवन अगाडिको चौतारीलाई पुनःनिर्माण गर्न थालिएको छ ।

जीर्ण अवस्थाको उक्त चौतारीको मर्मत वडा नं ७ ले सुरु गरेको हो । बर, पिपलसहितको उक्त चौतारी संरक्षणका लागि वडाले रु एक लाख २७ हजार बजेट विनियोजन गरेको छ । वडामा भएका पुराना चौतारीको संरक्षणका लागि जीर्ण अवस्थाको सो चौतारीको मर्मत सुरु गरिएको बेनी नगरपालिका– वडा नं ७ का नवनिर्वाचित अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो । चौतारीको एक छेउँमा ३ वटा मठ निर्माण गरिने छ । अर्को छेउँमा पिउने पानीका लागि सार्वजनिक धारासहित बगैँचा निर्माण गरिने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पर्यावरण र चौतारीमा फोहर नगरुन भनेर मठ निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । ढुङ्गाको पर्खाल लगाई ढुङ्गाकै छपनी ओछ्याएर बस्न सहज र आकर्षक बनाउने गरी निर्माण थालिएको छ । चौतारी अपाङ्गतामैत्री हुनेछ । ह्वील चियरको माध्यमबाट सिधैँ चौतारीमा गई विश्राम लिन मिल्ने गरी बाटो निर्माण गर्न लागिएको छ ।

वडावाट विनियोजित ८ लाख बजेटबाट नगरपालिका अगाडि नाली निर्माण तथा सरसफाई, मङ्गलाघाटमा नाली सरसफाइ, दोविल्लामा सडक ग्राभेललगायतका काम गरिएको छ । चौतारी पुनः निर्माणको कार्य पनि सोही बजेटमध्येबाट उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको हो । समयमै काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको टोल सुधार समितिका संयोजक तथा उपभोक्ता समितिका सदस्य रहमद खानले बताउनुभयो ।

बेनी बजारभित्र १७ चौतारी छन् । ती सबैको मर्मत तथा संरक्षणको कामलाई नगरपालिकाले निरन्तरता दिने बेनी नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । बेनी बजारका स्थानीयवासी कृष्णप्रसाद श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ र मेजरमान श्रेष्ठका अग्रजले करिव २ सय वर्ष अगाडि सो चौतारी निर्माण गरी बर र पिपल रोपेको बताइएको छ ।

चौतारी निर्माणका लागि उहाँका आफन्तबाट पनि आर्थिक सहयोग उपलब्ध गराउने गरी छलफल अघि बढाइएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ । बेनपा– २ को खान्दुलामा खानी निकालेर त्यस क्षेत्रमा पखाल्ने गरेको इतिहास पाइन्छ । त्यतिवेला त्यस चौतारीलाई खानी पखाल्ने चौतारी पनि भन्ने गरिन्थ्यो । सो चौतारीको ऐतिहासिक महत्व समेत रहेको छ । निकै पुरानो वर र पिपलको रुख रहेको सो चौतारी मान्छेहरु बस्नै नमिल्ने गरी फोहोर भएको थियो । ढुङ्गाका पर्खाल पनि भत्किने अवस्थामा पुगेका थिए ।